Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

राजदूत राईको सम्मानमा एनआरएनए जाम्बियाद्वारा स्वागत कार्यक्रम

विजय थापा। लुसाका ,जाम्बिया। गैरआवासीय नेपाली संघ जाम्बियाले जाम्बियाको लुसाकामा दक्षिण अफ्रिका र जाम्बिया गरि सात अफ्रिकन राष्ट्रहरुका लागि नेपालका राजदूत अमृत बहादुर राईको सम्मानमा स्वागत तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ।

कार्यक्रममा बोल्दै राजदूत राईले नेपाल बहिर बस्ने सबै नेपाली देशका वास्तविक दूत भएकाले सबै एनआरएनहरुले नेपालको आर्थिक र सामाजिक बिकासमा संलग्न हुन अनुरोध गर्नु भयो।

नेपाल सरकार राजदूतावास र आफू यस क्षेत्रमा रहेका नेपालीहरुको सुख दु:खमा संलग्न हुन चाहेको र यहाँहरुलाई नेपालको बिकास अभियानमा सँगै लग्न चाहेको बताउनु भयो।

संघका जाम्बिया अध्यक्ष बिदुर खनालले राजदूत राईलाई धन्यवाद दिदै जम्बियामा रहेका नेपालीहरु नेपालमा लगानी र बिकास अभियानमा सहभागी हुन चाहेको र त्यसका लागि दूतावासले समन्वय गर्न अनुरोध गर्नु भयो।

उहाले एनआरएन कार्डमा सहजीकरण र यस क्षेत्रका नेपालीहरुको अनलाइन रेकर्ड राजदूतावासले राख्नु पर्ने बताउनु भयो। उहाँले अगाडि भन्नु भयो विश्वकै आश्चर्य भिक्टोरिया फल्स रहेको जाम्बिया र हिमालहरुको सुन्दर देश नेपालबीच पर्यटकको अनुभव आदानप्रदान र पर्यटन बिकासमा साझेदारी हुन सक्ने बताउनु भयो।
….
[wds id=”2″]
….





Comments

comments

Leave a Reply

15984