Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

दिप्ती बनिन् मिस तामाङ्ग…

पोखरा एफएम / एचकेनेपाल डट कम –
पोखरा, ९ माघ। मिस तामाङ्ग पोखरा २०१७ को उपाधि सिम्पानी पोखराकी दिप्ती गोम्जा तामाङ्गले जितेकी छिन्।

प्रतियोगिताका प्रमुख निर्णायक नेपाल तामाङ्ग घेदुङ्ग प्रदेश नम्बर ४ का अध्यक्ष दिपक वाइवा तामाङ्गले “तामाङ्ग समुदाय समृद्ध समुदायका रुपमा चिनिन्छ । परिभाषित गर्नुहोस् ?” भन्ने साझा प्रश्नको उत्कृष्ट जवाफ दिंदै यस वर्षको मिस तामाङ्ग पोखराको ताज जित्न सफल भएकी हुन्।

उनले मिस ट्यालेण्टको सवटाइटल पनि प्राप्त गरिन् । २८५३ औं सोनाम ल्होछारको अवसरमा बैदाम तामाङ्ग सेवा समाजले आयोजना गरेको प्रतियोगितामा लेखनाथकी सीता तामाङ्ग मिस ब्युटिफुल विथ परपोजको सवटाइटल संगै फस्ट रनरअप तथा मालेपाटनका अरुणा लामा मिस कन्फिडेण्टको सवटाइटल संगै सेकेण्ड रनरअप बनिन्। यसैगरि पब्लिक च्वाइस अवार्ड लेखनाथकी मञ्जु तामाङ्गले बाजी मारिन्। विजेता उपविजेता तथा पब्लिक च्वाइसले क्रमशः एन आइ सि एशिया बैंकको तर्फबाट नगद रु २५ हजार, १५ हजार , १० हजार तथा ७ हजार ५ सय प्राप्त गरे । विजेताहरुलाई एनआइसी एशियाका क्षेत्रिय प्रबन्धक दिपेन्द्र शर्माले चेक हस्तान्तरण गरेका थिए । बिजेता तथा उपबिजेताहरुले फेशन डिजाइनिङ्ग तथा मण्टेश्वरी तालिमका छात्रबृत्ति समेत प्राप्त गरेका छन्।

प्रतियोगितामा सिम्पानीका रिमा तामाङ्गले मिस ब्युटिफुल, लेकसाइडका सृष्टि लामा मिस बेस्ट पर्फमर, जीता लामा मिस बेस्ट स्माइल, न्युरोडका मालिका बाल्पा तामाङ्ग मिस बेस्ट स्किन, मालेपाटनका संगीता तामाङ्ग मिस बेस्ट वक, भेडिफारामका प्रिया तामाङ्ग मिस फोटोजेनिक, जिरोकिलोमिटरका पुनम तामाङ्ग मिस फ्रेण्ड्ली, बगरका जगनकुमारी तामाङ्ग मिस कल्चर तथा लेकसाइडका अञ्जली लामाले मिस बेस्ट पर्सनालिटीको सवटाइटल जितिन । कार्यक्रममा नेपाल तामाङ्ग घेदुङ्ग प्रदेश नम्बर ४ का अध्यक्ष दिपक वाइवा तामाङ्ग, नेपाल तामाङ्ग घेदुङ्ग कास्कीका पुर्व सहसचिब मिनमाया तामाङ्ग, गीतकार तीर्थ तामाङ्ग, माछापुच्छ्रे एफ एमका स्टेशन म्यानेजर कञ्चन थापा र फेशन फेडरेशन नेपालका अध्यक्ष नविन लुइटेल निर्णायक रहेका थिए । उक्त अवसरमा सानो बाबु सानो परि प्रतियोगितामा उपविजेता बन्न सफल सिसा तामाङ्ग, माहिर तामाङ्ग र आकृति लामा रुम्वालाई सम्मान गरिएको थियो।

ग्याजर्दी लेकसाइडमा निर्माणाधिन रेञ्छिन तेरजोट तामाङ्ग शान्ती गुम्बाको निर्माण सहयोगार्थ आयोजित चौथो ल्होछार म्युजिकल फेस्टिवल तथा दोस्रो मिस तामाङ्ग कार्यक्रममा गायक चन्द्रकुमार दोङ्ग तथा गायिका शशिकला मोक्तानले गीत गाएका थिए । एस के डान्स स्कुल तथा मिरुवा समाजका कलाकारहरुले तामाङ्ग साँस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथी नेपाल तामाङ्ग घेदुङ्गका पुर्व केन्द्रिय अध्यक्ष धनप्रसाद तामाङ्ग, प्रमुख निर्णायक दिपक वाइवा तामाङ्ग, कार्यक्रम संयोजक जेसिका तामाङ्ग लगायतले बोलेका थिए । प्रतियोगिताको नृत्य निर्देशन राम लामा तथा कोरियोग्राफर सृष्टि सेञ्चुरीले गरेका थिए । बैदाम तामाङ्ग सेवा समाजका अध्यक्ष ज्याक तामाङ्गको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सन्जय मल्ल, डोल्मा लामा, मुना स्याङ्गवो तामाङ्ग, सोनी योञ्जन, गीता लामाले गरेका थिए।
….
[wds id=”2″]
….





Comments

comments

Leave a Reply

16003