Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कोरियामा कार्यरत नेपालीबाट १०२ बालबालिकालाई सहयोग

दक्षिण कोरियाको एक कम्पनीमा कार्यरत नेपालीहरुले विपन्न परिवारका १०२ बालबालिकालाई सुइटर तथा स्टेसनरीको समान सहयोग गरेका छन्।

कोरियाको थानजिनमा रहेको पोलिपिया कम्पनीमा कार्यरत ११ नेपालीहरु मिलेर उक्त सहयोग गरेका हुन् । उनLहरुले पर्वत जिल्लाको श्री समाज कल्याण आधारभूत विद्यालय माझफाट ६ गैराटोलमा पढ्ने १०२ दलित समुदायका विपन्न बालबालिकालाई सहयोग गरेका हुन्।

आफ्नो खर्चमा केहि कटौती गरि वार्षिक रुपमा केहि सहयोग गर्ने योजना अनुरुप आफूहरुले सहयोग गरेको एक सदस्यले जानकारी दिए। यसरी सहयोग गर्नेहरुमा दिनेश ढकाल (पर्बत) , पवन रायमाझी (सर्लाहि) , इन्द्र गुरुङ (स्याङ्जा) ,किरण श्रेष्ठ (कुस्मा पर्बत्) ,खेम कुवर (भैरहवा), बुद्ध जङ गुरुङ (लम्जुङ्) ,शिव के सि (पर्बत्) ,सानू थापा मगर (गोर्खा),राम खड्का (दोलखा) ,कृष्ण ज्ञवाली (गुल्मी) र राजन थुलुङ (काठमाडौं) रहेका छन्।
….
[wds id=”2″]
….





Comments

comments

Leave a Reply

16005