Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

विदेशबाट यसरी आउंछन् दैनिक ३ / ४ नेपालीको शव…

काठमाडौं, १२ माघ । वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढेसँगै विदेशमा ज्यान गुमाउनेको संख्या बृद्धि हुनु अब धेरैलाई समान्य लाग्न थालेको छ।

दैनिक १२ देखि १५ सय युवा वैदेशिक रोजगारीमा गइरहेका बोला दैनिक ३ देखि ४ वटा शव विदेशबाट आउने वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको पछिल्लो तथ्यांकले देखाउँछ।

वैदेशिक रोजगारीमा गएर आफू र परिवारको सुन्दर भविष्य बनाउने अभिलाषा बोकेका कैयन् युवकयुवती विदेशमा प्राकृतिक मृत्युभन्दा पनि सडक दुर्घटना, मुटुजन्य रोग, हृदयघात, आत्महत्याजस्ता कारण सर्वाधिक ज्यान गुमाउने गरेको बोर्डको तथ्यांक छ।

साथै पछिललो अवधिमा वैदेशिक रोजगारीको क्रममा आत्महत्या गर्नेमा पुरुषको तुलनामा महिलाको संख्या बढिरहेको पाइएको छ।

पुरुषको तुलनामा निकै कम संख्यामा महिला वैदेशिक रोजगारीमा जाने र सोही अनुपातमा हेर्ने हो भने आत्महत्या गर्ने महिलाको संख्या बढिरहेको पाइएको हो।
….
[wds id=”2″]
….
धेरै महिलाले आत्महत्या गर्नुलाई विज्ञहरुले विदेशमा हुने शोषण र नेपालबाट सोचेजस्तो वातावरण त्यहाँ नपाउनुलाई कारणका रुपमा लिने गरेको खबर नागरिकले छापेको छ।

”आत्महत्या गर्नुको कारण खोज्न अहिलेसम्म गहिरो अध्ययन त भएको छैन, सरसर्ती हेर्दा महिलामाथि हुने अत्याचार नै प्रमुख कारण हो ।” बोर्डकी निर्देशक निर्मला थापाले भनिन्।





Comments

comments

Leave a Reply

16021