Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

तमु धिँ नेपालका अध्यक्ष कर्माद्धारा सहारा एकेडेमीलाई एक लाख सहयोग


फोटोः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम

दीननाथ बराल / एचकेनेपाल डट कम –

पोखरा १२, माघ। तमु धिँ नेपालका अध्यक्ष कर्मा तमुले सहारा एकेडेमिको अक्षयकोष स्थापनाको लागि एक लाख एक हजार १ सय ११ रुपैया सहयोग रकम हस्तान्तरण गरेकी छन्।

पोखरामा जारी १५ औं आहा रारा गोल्ड कपको अवसरमा अध्यक्ष तमुले बुधबार पोखरा रंगशालामा क्लवका अध्यक्ष बिरभद्र आचार्यलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेकी हुन्।

त्यसै गरी कास्की समाज कोरियाका अध्यक्ष खुम बहादुर गुरुङले १० हजार आर्थिक सहयोग गरेका छन्। त्यस्तै कास्की समाज जापानबाट तथा पूर्व राष्ट्रिय खेलाडी वसन्त गौचन र अमृत आचार्यले ३० हजार आर्थिक सहयोग गरेको क्लवले जनाएको छ।

उक्त प्रतियोगिता र विभिन्न दाताबाट क्लबद्धारा संञ्चालित कठिन परिस्थिति एवँ विपन्न वर्गका बालकहरु सम्मिलित १६ जिल्लाका २८ जना बालकहरुलाई निःशुल्क शिक्षा दिक्षा, स्वास्थ्य, फुटबल प्रशिक्षण लगायत भरण पोषणमा खर्च गरिदै आएको बरिष्ठ उपाध्यक्ष एंव प्रतियोगिताका संयोजक केशव बहादुर थापाले बताए।
….
[wds id=”2″]
….





Comments

comments

Leave a Reply

16033