Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

गायक उत्तम जंग लिम्वुलाई मार्योनी निरमायाले

रोशन मेवाहाङ्ग / एचकेनेपाल डट कम-
लण्डन, माग १३ । गीतकार तथा संगीतकार उत्तमजंग लिम्बुले आफ्नो गीति एल्वम ‘रीति’ र म्युजिक भिडियो ‘मार्योनी निरमायाले’ राजधानीमा एक समारोहवीच सार्वजनिक गरेका छन्।

एल्वम ‘रीति’ भित्रका मिठो रचना मायाप्रेममा आधारित ‘मार्योनी निरमायाले’ बोलको म्युजिक भिडियोलाई संङ्गस् नेपालले आफ्नो सामाजिक संजाल युट्युव मार्फत सार्वजनिक गरेका छन्। जुन गीतलाई गायक आफैले संगीत दिएका छन्। यो गीतको शब्द संयोजन श्रोताहरुको जनजिब्रोमा टपक्क टासिने खालको रहेको छ भने संगीत संयोजनमा संगीतकारले नयाँ पुस्ताका श्रोता दर्शकहरुलाई सुहाउदो भाकामा संगीत भरेका छन्।

‘मार्यो नि निरमाया मुटुको माझमा हानेर तिम्ले तीर,अलिअलि पिउने बानि भो मस्तीमा जिउने बनि भो’ सामान्य लाग्ने यी शब्दहरु हाम्रो दैनिक परिवेश समाजमा प्रयोग भईरहने शब्दहरु हुन् । आफुलाई मन पर्ने मान्छेको हरेक क्रियाकलापमा आफु नतमस्तक भई एकोहोरो प्रेममा लिप्त बनेका प्रेमीले हरेक अनुनय बिनय गरेर आफ्नो बनाउन नसके पनि आफ्नो मनलाई सम्हालेर बिना गुनासो मस्तिमै जीवन व्यतित गर्ने सकारात्मक संदेश सहित गीतको बिट मारेका छन् । राम्रो शब्द शिल्प र सरल गायन तथा संगीतले गीत अत्यधिक मिठो बनेको छ।

मोडल एलिशा राई, निराजन प्रधान र सुरेन लिम्वुले लिड रोलमा अभिनय गरिएको भिडियोमा गायक लिम्वुको पनि फिचरिङ रहेको छ । हरि हुमागाईद्वारा निर्दे्शित ‘रिति’ एल्वमको यस गीतलाई गम्भीर विष्टले कोरियोग्राफी गरेका छन् भने एरेन्ज संन्जिव सुव्वा र सम्पादन निशान घिमिरेले गरेका हुन्।

जीवनका अरु धेरै सपनाहरुलाई त्यागेर नेपाली संगीतको बाटोमा अनवरत अघि बढिरहेका एक यात्रि हुन गायक तथा संगीतकार उत्तमजंग लिम्वु।

आमा सुकमाया लिम्वु र वुबा मनकुमार लिम्वुको कोखबाट झापामा जन्मिएका गायक तथा संगीतकार उत्तमजंग ‘खोजि प्रतिभा’ को भाग एकबाट फस्ट रनर अफ हुदै नेपाली सांगीतिक बगैचामा प्रवेश गरेका हुन्।

उनले ‘डर थियो मलाई’ भन्ने ‘प्रीतिको फुल’ नेपाली चलचित्रको गीतबाट प्राश्र्व गायक थालनि गरेका हुन् । गायक लिम्वुले विभिन्न नेपाली चलचित्रका ४ दर्जन भन्दा बढि गीतहरु गाईसकेका छन् भने ‘१२ नेपाली एक चिहान्’ भन्ने नेपाली चलचित्रमा अभिनय समेत गरिसकेका छन् । उक्त चलचित्र इराकमा मारिएका १२ नेपालीहरुको जीवन कथामा आधारित छ।

उनले यति धेरै चलचित्रका गीतहरु गाउदा पनि आफुले सोचे जस्तो चर्चा नपाएकोमा चर्चित हुनकालागि नेपाली बजारमा एल्वम नै हुन आवाश्यक रहेको बताए । उनले भने – ‘मेरो विचारमा एल्वम कलाकारलाई श्रोता तथा दर्शकमाँझ चिनाउने सांगीतिक ऐना हो ।’ उनको पहिलो एल्वम ‘गोल्डेन टच’,‘हल्का’,‘हाम्रो चिनजान’ आदि एल्वमहरु श्रोता समक्ष्य प्रस्तुत गरिसकेका छन्।

उनको संगीत रहेको ‘म रंग हु तिमी रंग होलि’ बरिष्ठ गायक दिपक लिम्वुले गाउदा नेपाली सांगीतिक क्षेत्रमा निकै चर्चा पाएको थियो । त्यसै गरी नेपाली चलचित्रका गीतहरु ‘डर थियो मलाई’, ‘एक तर्फि माया लाएछ’ु, ‘हसाई तिम्रो राम्रो लाग्छ हल्का हल्का’ निकै हिट भएका गीतहरु हुन्।

संगीतकार लिम्वुको संगीत रहेको एल्वम ‘मेलिना’को ‘लेक फुल्ने लाली गुराँस भन्छन मलाई’ गीतलाई अहिलेको आधुनिक परिवेशमा चर्चित बनिरहेकी गायिका मेलिना राईले आवाज दिएकी गीत दिनदिनै चर्चित बनिरहेको छ।

गोर्खा भर्ति जाने सपना टुटेपछि उनले नेपाली सेनामा भर्ति भएर देशको सेवा गर्ने सानै देखिको सपनालाई विचैमा मोडेर सांगीतिक क्षेत्रमा प्रवेश गरेका थिए जव संगीतको औपचारिक शिक्षा नै नभई उनले रियालिटी शो ‘खोजि प्रतिभा’ मार्फत आफनो स्वर प्रति धेरै शुभचिन्तहरु बने पछि काठमाण्डौं आएर गुरुकुल म्युजिक स्कुलमा ३ बर्ष सम्म निरन्तर गुरुदेव कमत सँग प्रशिक्षण लिएको बताए ।

विभिन्न महोत्सव र गीत रेकर्डमा व्यस्त बनिरहेका युवा गायक तथा संगीतकार लिम्वुले संगीतको पेशाले जीवन चलाउन सकिन्छ त ? भन्ने प्रश्नमा उनले भने- ‘जीवन कसरी जिउँने कुरामा निर्भर हुन्छ त्यसैले सामान्य जीवन चलाउनकालागि राम्रो सिर्जना र मेहनतले अवस्य सम्भव हुन्छ।’
….
[wds id=”2″]
….





Comments

comments

Leave a Reply

16040