Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

गायक खम्बुले थर्काए मलेसिया…

एचकेनेपाल डट कम संवाददाता –
मलेसिया। नेपालका चर्चित गायक तथा संगीतकार बिनोद खम्बुले मलेसियाका दुई भिन्नभिन्नै कार्यक्रममा धमाल मच्चाएका छन्।

चाईनिज न्यु इयरको अवसर पारेर मालाल्का र केलाङमा आयोजना गरिएको विविध साँस्कृतिक कार्यक्रममा खम्बुको गीतमा स्वरमा स्वर मिलाउंदै दर्शक पनि संगै झुमे।

स्टाइलिस कपाल र ड्रेसमा स्टेजमा उत्रेका खम्बुले आफ्ना नयाँ र पूराना गीतहरुले दर्शकलाई भरपूर मनोरञ्जन दिए। उनले बजारमा आउन लागेको एल्बम किरातीको छोरोको नयाँ गीतहरु पनि गाए। उनले झन खायो झन मिठो तीन पाने रक्सी, बसमा छैन यो मन, झझल्को आईरहन्छ नि लै लै..लगायत गीत गाए।

मलेसियाको साँगीतिक यात्रापछि उनी मंगलबार नेपाल फर्कदै छन्।
….
[wds id=”5″]
….

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

Leave a Reply

16075