त्रिमूर्तिमा समको ११५ औँ जयन्ती, पाँच कविबाट कविता वाचन…

त्रिमूर्ति निकेतनका सं‌स्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईले सोमबार काठमाडौंको सञ्चारग्राममा आयोजित एक समारोहमा नाट्यसम्राट् बालकृष्ण समको ११५ औँ जयन्तीको उपलक्ष्यमा समको पूर्णकदका सालिकमा माल्यार्पण गर्नुभयो।

सोही अवसरमा उहाँले कविशिरोमणि लेखनाथ पौडयाल र महाकवि लक्ष्मीप्रसाद देवकोटाका पूर्णकदका सालिकमा पनि माल्यार्पण गर्नुभयो।

त्रिमूर्ति निकेतनद्वारा आयोजित सो काव्यसभामा गोपाल पराजुली, दुर्गा दाहाल, अनुपम रोशी, भौतिक मल्ल र यादव भट्टराईले कविता वाचन गर्नुभएको थियो।

कार्यक्रममा नेपाली साहित्य विकास परिषद् वेलायतका संस्थापक अध्यक्ष सुरेशजङ्ग शाह, लेखनाथ पौड्याल काव्यसभाका संयोजक प्रा.राजेन्द्र सुवेदी, बालकृष्ण सम फाउन्डेशनका संयोजक नाट्यभूषण मदनदास श्रेष्ठ, त्रिमूर्ति निकेतन सदस्यसचिव नरेन्द्रराज प्रसाई र कार्यक्रम संयोजक यादव भट्टराईले त्रिमूर्ति अर्थात् कविशिरोमणि, नाट्यसम्राट् र महाकविले देखाएको बाटोमा हिँड्नु नै त्रिमूर्तिप्रतिको सच्चा श्रद्धाञ्जलि हुन्छ भन्नुभयो।

नइ प्रकाशनको संयोजनमा २०६१ साल भदौ ११ गते त्रिमूर्ति निकेतनको स्थापना भएको थियो।

(नरेन्द्रराज प्रसाई)
सदस्यसचिव
त्रिमूर्ति निकेतन





Comments

comments

Leave a Reply

16143