गेसोभित्र किन भयो विवाद? संस्थापक सभापति गुरुङले दिए यस्तो चेतावनी…

हुम तमु / एचकेनेपाल डट कम –
पोखरा, २४ माघ। गोरखा सैनिक संघ गेसोको सभापति कृष्णकुमार राईलाई शासकहरुको षडयन्त्रमा नफस्न गेसोका संस्थापक सभापति पदमबहादुर गुरुङले आग्रह गर्नुभएको छ।

पोखरामा सोमवार आयोजित पत्रकार सम्मेलनमा चार महिना अघि मात्रै सभापतिबाट निवर्तमान बन्नु भएका, गोरखाहरुको हकाधिकारका लागि २७ वर्षदेखि आन्दोलित हुदै आउनु भएका संस्थापक सभापति गुरुङले गेसो आन्दोलनलाई तुहाउने र स्याङ्जाको साल्मेडाडामा निर्माधीन गोरखा स्मारक निर्माण सम्पन्न हुन नदिने बेलायती र नेपाली शासकहरुको षडयन्त्रमा गेसोको वर्तमान नेतृत्व फसेको आरोप लगाउदै सच्चिन आग्रह गर्नुभएको हो।

षयडन्त्रकारीकै ग्राइण्ड डिजाइनमा फसेर सभापति कृष्णकुमार राईले गेसो आन्दोलनलाई शिथिल र साल्मेडाडामा निर्माणाधीन गोरखा स्मारक निर्माणमा असहयोग मात्रै नभई समस्या उत्पन्न गराउन चाहेको आरोप पत्रकार सम्मेलनमा गोरखा स्मारक ट्रष्ट अध्यक्ष पदमबहादुर गुरुङले लगाउनुभयो । गोरखाका स्वाभिमानका लागि निर्माण भईरहेको कार्यमा असहयोग गरी कस्को स्वार्थ पूर्ति गर्न खोजेको हो सभापति राईले पदमबहादुर गुरुङको प्रश्न थियो।

विगतमा गेसोले गरेको आन्दोलनले धेरै उपलब्धि प्राप्त गरेको भन्नुहुदै उहाँले गोरखा आन्दोलन र नेपालको स्वाभिमानका लागि पदमा नरहे पनि युवाहरुलाई साथमा लिएर आन्दोलनको अगुवाई गर्ने चेतावनी दिनुभयो । आन्दोलनकै रुपमा उहाँले पत्रकार सम्मेलनमा ६ बुँदे योजनालाई अघि बढाउने घोषणा गर्नुभयो।

गेसोका संस्थापक सभापति पदमबहादुर गुरुङले बेलायत सरकारले २१ मे २००९ मा समानता दिने नीति घोषणा गरे अनुसार कार्यान्वयन गराई गोरासरह पेन्सन दिलाउन बेलायत तथा राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा अभियान सन्चालन गर्ने घोषणा गर्नुभयो । यसरी नै साल्मेडाँडा स्याङ्जामा निर्माणाधीन राष्ट्रकै गौरव तथा विश्वमै अति चर्चित गोरखा समाधिलाई एक वर्षभित्र सम्पन्न गर्ने, विश्वयुद्धमा विनाकारण होमिन बाध्य बनाएर मारिएका हाम्रा पुर्खाहरूको सम्बन्धमा क्षतिपूर्ति खोज्दै नेपालका पीडित पक्षहरूलाई न्याय दिलाउने अभियानलाई अन्तर्राष्ट्रिय क्षेत्रबाट सुरु गर्ने, बेलायत र नेपाल दुवै सरकारलाई हाम्रो जन्मभूमि र कर्मभूमिको अधिकार खोस्ने अधिकार नभएकाले सबैसँगै समन्वय गरी एक वर्षभित्रमा टुंगो लगाइ छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

यसरी नै आफ्नो मौलिक संस्कारमा समृद्ध हामीलाई संस्कारविहीन तुल्याइएको छ र बेलायतले हाम्रो गाउँ घर उजाड बनाइदिएको छ । यसलाई सम्बन्धित अन्तर्राष्ट्रिय मन्च राष्ट्रसंघीय सम्मेलनमा पुर्याई न्यायका लागि आवाज उठाउन र हाल बेलायतमा भत्ता खाएर बसेका वृद्धहरूलाई एक महिनाभन्दा ज्यादा बेलायत बाहिर बस्यो भने खाइपाइ आएको भत्ता कटौती हुन्छ भनी मानसिक यातना दिइरहेको छ । यसलाई तीन महिना बाहिर बसेर आएता पनि भत्ता नकाटिने उपलब्धि ६ महिनाभित्र दिलाइछाड््ने घोषणा गर्नुभयो।

गेसोको संगठनात्मक जीवनमा अरु कोही पसेर द्वन्द्व बढाउने र त्यसबाट अनुचित लाभ लिएर गेसोलाई समाप्त पार्ने घृणित खेललाई समयमै बुझी हाम्रो मिसन पूरा गर्नतर्फ सजग बन्न नयाँ नेतृत्वलाई आग्रह गर्दै अझ त्यस्ता क्रियाकलाप जारी रहे षड्यन्त्रको भण्डाफोर गरी सार्वजनिक गर्न बाध्य हुने र गेसोको पवित्र लक्ष्यलाई अघि बढाइरहन बाध्य हुने नयाँ नेतृत्वलाई चेतावनी उहाँको छ।

हालै गठित गोरखा स्मारक पार्क निर्माण समितिका अध्यक्ष पुरनध्वज गुरुङले गोरखा र नेपालीको स्वाभिमानका निम्ती साल्मेडाडामा गोरखा स्मारक निर्माण गराइछाड्ने, ब्रिटिस र नेपालका शासकहरुले चलखेलमा निर्माण रोक्ने षडयन्त्र भइरहेको आरोप लगाउनुभयो । उहाँले स्मारक निर्माणका लागि सरकारसँग रोएर हात नथाप्ने, स्वाभिमानका साथ निर्माण सम्पन्न गर्ने उद्घोष गर्नुभयो।

गोरखा स्मारक पार्क निर्माण समितिका अध्यक्ष पुरनध्वज गुरुङको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा गेसोका केन्द्रीय सदस्य तथा निर्माण समितिका कोषाध्यक्ष राम गुरुङ र पत्रकार हुमबहादुर गृरुङले पनि बोल्नुभएको थियो।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

16145