नेपाली गुण्डा नाईके दुबाईबाट पक्राउ…

काठमाडौं, २५ माघ । हत्या एवं आतंकवादी गतिविधिमा संलग्न आरोपमा नेपाल र भारतका प्रहरी खोजीमा रहेको होदा गिरोह नाइकेसहित प्रहरी फन्दामा परेका छन्।

नेपाल प्रहरीले उक्त गिरोहका नाइके समसुल होदासहित चार जनालाई नियन्त्रणमा लिएको खबर नागरिक दैनिकमा छ।

बारा कलैया ८ का होदाले साउदी अरेबियाको दुबाईमा बसेर नेपाली र भारतीयको गिरोह चलाउँदै आएका थिए । होदा गिरोहमाथि नेपालमा हत्या र भारतमा आतंकवादी गतिविधि सञ्चालन गरेको आरोप छ।

दुबाई प्रहीको सहयोगमा मध्यक्षेत्रीय प्रहरी कार्यालय, हेटौंडाको विशेष टोलीले होदालाई दुबाईबाट झिकाई काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको हो।





Comments

comments

Leave a Reply

16152