स्यालुट नगरेको भन्दै प्रहरी हवल्दारमाथि कुटपिट…

‘जय नेपाल’ नगरेको झोकमा प्युठान प्रहरी प्रमुखले एक जना ट्राफिक प्रहरी हवल्दारमाथि कुटपिट गरेका छन्। जिल्ला प्रहरी कार्यालयको हिरासतमा चार घण्टा राखेर प्युठान जिल्ला प्रहरी प्रमुख डिएसपी रञ्जितसिंह राठौरले ट्राफिक प्रहरी हवल्दार त्रिचन्द्र डिसीलाई कुटपिट गरेका हुन्।

सोमवार दिउँसो विजुवारको क्वाडीमा ड्युटीमा रहेका अस्थायी प्रहरी पोष्ट विजुवारका प्रहरी हवाल्दार डिसीलाई जिल्ला प्रहरी कार्यालयमा बोलाएर डिएसपी राठौरले कुटपिट गरेका हुन्। प्रहरी पोशाकमै हत्कडी लगाएर चार घण्टा हिरासतमा राखेर आफूलाई मरनासन्न हुने गरी कुटपिट गरेको अन्नपूर्ण पोष्टले छापेको छ।

‘म र अर्को एकजना भाइ क्वाडीमा नियमित चेकिङमा थियौ। म एक छेउमा जरिवाना काटिरहेको थिए। त्यही बेला प्रमुख जिल्ला अधिकारी, डिएसपी साप आउनु भएछ। म काममा भएकाले देखिनँ। त्यसपछि जय नेपाल नभनेकै निहुँमा मलाई जिल्ला प्रहरी कार्यालयमा बोलाएर कुटपिट गरियो,’उनले भने।

डिएसपी राठौरको कुटाइबाट प्रहरी हवल्दार डिसीको बाँया हातमा निलडाम हुने गरी चोट लागेको छ। डिसीले डिएसपीको निर्देशनमा हतकडी लगाएर नै अस्पताल लगेर उपचार गराइएको बताए। डिसीले आफूमाथि डिएसपी राठौरले गरेको कुटपिटबारे राप्ती अञ्चल प्रहरी प्रमुखलाई जानकारी गराएको बताए।





Comments

comments

Leave a Reply

16166