Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

प्रतिनिधि बन्न सकिनन् देवयानी राणा

राप्रपा निवर्तमान अध्यक्ष पशुपतिशमशेर राणाकी छोरी देवयानी राणा दोलखाबाट प्रतिनिधि नहुने भएकी छन्।

पार्टीको विधानमा महाधिवेशन प्रतिनिधि हुन उम्मेदवार नै उपस्थित हुनुपर्ने भएपछि राणालाई प्रतिनिधि बनाउन नसकिएको राप्रपा दोलखा क्षेत्र नम्बर २ का अध्यक्ष विजय खड्काले बताए।

खड्काका अनुसार महाधिवेशन प्रतिनिधि बन्न गाविसबाट क्षेत्रीय प्रतिनिधि भई क्षेत्रीय कार्यसमिति वा जिल्ला कार्यसमिति सदस्य हुनुपर्ने प्रावधान छ । उनले भने, ‘उहाँ दुईवटै अधिवेशनमा अनुपस्थित भएकाले प्रतिनिधि बनाउन सकिएन ।’ दोलखाको शैलुंगेश्वरबाट जिल्ला अधिवेशन प्रतिनिधिका रूपमा देवयानी छनोट भएकी थिइन्।

राप्रपाको गाउँ अधिवेशनमा समेत उपस्थित नभएकी राणालाई शैलुंगेश्वर गाउँ कार्यसमितिले क्षेत्रीय प्रतिनिधिमा मनोनीत गरेको थियो । राप्रपाका जिल्ला अध्यक्ष खड्काका अनुसार देवयानीलाई जिल्ला भित्राउन इच्छुक भए पनि उनी उपस्थित नभएकै कारण प्रतिनिधि बनाउन नसकिएको हो। यो नयाँ पत्रिका दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

16168