Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
गीतकार सोम राईको दुई दिनलाई (भिडियो सहित) – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

गीतकार सोम राईको दुई दिनलाई (भिडियो सहित)

काठमाडौं। शारीरिक अशक्तता भएका गीतकार सोम राईको आधुनिक गीति संग्रह एक्लोपन भित्र संग्रहित दुई दिनलाई मुटु चल्दैछ मेरो… भन्ने बोलको गीतको भिडियो सार्वजनिक भएको छ।

युवराज चौलागाईको स्वर रहेको यस गीतमा संगीत भने रिमेश कुमारले दिएका छन् । सार्वजनिक भिडियोमा शिल्पा पोखरेल र डा.रामइश्वर यादव र सुजितको अभिनय रहेको छ । रामकुमार केसीको छायांकन, टेकेन्द्र शाहको सम्पादन रहेको म्युजिक भिडियोलाई अनन्त तिमल्सिनाले निर्देशन गरेका छन्।

कम्पास मिडियाले बजार ल्याएको उक्त गीति एल्बम आधुनिक गीति संग्रह एक्लोपनको केहि दिन अघि वरिष्ठ गीतकार डाक्टर कृष्णहरी बराल र वरिष्ठ शास्त्रिय संगीतकार चण्डी काफ्लेले बानेश्वरस्थित मसला कटेजमा एक कार्यक्रमकाबीच विमोचन गरेका थिए । गीतकार राईको जन्मदिन पारेर उक्त गीती संग्रह बजारमा ल्याएका थिए । उक्त क्रममा वरिष्ठ गीतकार डा. बरालले गीतका शब्दहरु मन छुने भएको र संगीतले झनै सुवास थपिदिएको भन्दै गीतकार र संगीतकारको तारिफ गरेका थिए । एल्बममा ३ वटा आधुनिक र एउटा राष्ट्रिय गीत समावेश छन् । सबै गीतमा संगीतकार रिमेश कुमारको संगीत रहेको छ भने कर्णदास, युवराज चौलागाई, दृष्टिविहिन गायक अजय लामा र गीतकार स्वयंले गाएका छन् । उक्त एल्बममा संग्रहित एउटा गीत टिका राम ढुंगानाले रचना गरेका छन्।

गीतकार सोम राईको एउटा खुट्टा छैन, उनी ह्वील चियरमार्फत हिडडुल गर्छन् । पटक पटक खुट्टाको उपचार गरिरहेका उनको आर्थिक अवस्था पनि दयनीय नै छ तर पनि गीत संगीतप्रतिको तीव्र लगावको कारण संग्रह निकाल्न सफल भएका छन् । जसको लागि संगीतकार रिमेश कुमारको साथ र सहयोगका कारण सफल भएको उनले बताए । एल्बममा राष्ट्रिय, भावुक र रमाइलो पनका गीतहरु समावेश छन्।

हेर्नुहोस् भिडियोः





Comments

comments

Leave a Reply

16172