Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बेलायतमा आरजु देउवाको अन्तर्क्रिया कार्यक्रम…

रोशन मेवाहाङ्ग/ एचकेनेपाल डट कम-
लण्डन, माघ २६ । एनआरएन बेलायतले लण्डन भ्रमणमा रहेकी डा देउवासँग राष्ट्रको नयाँ सविधान संसोधन, गैरआवासीय नेपाली संघको समस्या र गोर्खाहरुको हकअधिकार,समान पेन्सनको बारेमा सफलतापूर्वक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ।

डा देउवा प्रमुख अतिथि रहेको कार्यक्रमको सभापतित्व एनआरएन बेलायतका अध्यक्ष मुछेत्र गुरुङ्गले गरिएको सत्रमा उपाध्यक्ष हिराधन राईले स्वागत मन्तव्य दिएका थिए भने संघका महिला उपाध्यक्ष शान्ति थापा मगरले पुष्पगुच्छा दिदै डा देउवालाई स्वागत गरेकी थिईन् । वक्ताहरुले मन्तव्य राखिएका कार्यक्रमको दोस्रो सत्रका सहभागीहरुसँग अन्तर्क्रिया रहेको उक्त कार्यक्रमको सन्चालन एनआरएन बेलायतको प्रवक्ताले गरेका थिए।

कार्यक्रमको प्रमुख अतिथि डा देउवाले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा नेपाल सरकारमा रहदा गोर्खाहरुको हक, हित र समान अधिकारको निम्ति स्वीकृती दिएको जानकारी गराउदै गैर आवसीय नेपालीहरुले मताधिकार नपाएकोमा खेद व्यक्त गरिन्।

विदेशमा रहेका नेपालीहरुका ज्ञान,शिप र अनुभवलाई स्वदेशमा भित्राउन आफू र आफ्नो पार्टीको तर्फबाट पहल गर्ने आश्वसन दिएकी थिईन्। लामो समयसम्म प्रवासमा रहदा आफ्नो भाषा संस्कृति लोप हुन सक्ने सम्भावना भएकोले यो विषयमा गम्भीरताका साथ नेपाल सरकार र राजनैतिक पार्टीहरुको ध्यानाकषर्ण गराउने जानकारी दिइन्।

विशेष अतिथि रहेका बेलायतका राजदूत डा दुर्गाबहादुर सुवेदीले भने -‘सरकारको क्षेत्रबाट कुटनीतिक क्षेत्रमा आफू दुई दशकयता प्रवासमा रहदा गैर आवासीय नेपालीहरुले भोगेको कष्ठ र समस्याहरु बुझ्दै आईरहेका कारण एनआरएन बेलायतका पदाधिकारीहरु नीतिगत रुपमा एजेन्डा लिएर दूतावासभित्र दृष्टिकोण गर्न सकिएमा बेलायती नेपालीहरुको निम्ति महत्वपूर्ण भूमिका खेल्न सक्छ।’

कार्यक्रमका सभापति अध्यक्ष गुरुङ्गले उपस्थित व्यतित्वहरुलाई धन्यवाद व्यक्तै गदै एनआरएन बेलायत जुट्नमा निवेदन गरिएको कार्यक्रममा जनसम्पर्क समितिका सभापति लोक गुरुङ्ग सम्मानजनक डा मिन रानाभाट, डा राजेन्द्र थापा, विरेन्द्र श्रेष्ठले सकारात्मक विविध जिज्ञासा राख्दै समारोहलाई थप महत्वपूर्ण भुमिका दिएका थिए।

उक्त कार्यक्रममा एनआरएन बेलायतका बरिष्ठ उपाध्यक्ष मास्टर राष्ट्र राई संघका युवा संयोजक रिचर्ड गुरुङ्ग, कृष्ण गुरुङ्ग, शेर सुनुवार, कृष्ण भट्ठ, चिरन्जीवी ढकाल लगायतको उपस्थिति रहेको थियो । 





Comments

comments

Leave a Reply

16174