यिनै हुन् सीके राउतलाई तत्काल छोड्नु पर्छ भन्दै मानव अधिकार गुहार्ने इन्द्रप्रसाद अर्याल…

नेकपा एमालेका नेता बामदेब गौतम गृहमन्त्री हुँदा स्वतन्त्र मधेसको नारा दिएर देशद्रोही गतिविधिमा संलग्न रहेका सिके राउतलाई २०७१/०५/०७ भदौ मोरङको रङेलिबाट पक्राउ गरिएको थियो । तर यिनै प्रधानमन्त्री पुस्पकमल दाहाल र बाबुराम भट्टराईले रिहा गर्न संसददेखि सार्वजनिक कार्यक्रमहरूमा माग राखेका थिए।

देशद्रोही सिके राउतले मिति २०७३/१०/०५ गते प्रहरीलाईसमेत ढाटेर सिराहको लाहानमा विशाल आम सभा राखेका थिए। स्वतन्त्र मधेश अभियान चलाइ रहेका सिके राउतले खुलेआम देश टुक्र्याउछु भन्दै भाषण गरेका थिए। त्यस समयमा प्रहरीको पनि उपस्थिति रहेको थियो। तर प्रहरीहरुले किन सिके राउतलाई पक्राउ गरेनन्? यहाँ प्रधानमन्त्री पुष्पकमल दाहालको कमजोरी थियो कि उहाको मिलेमत्तो हो?? यो कुरामा जनता सशंकित भएका छन्।

यहि अभियानमा जनकपुरको माछा बजारको नजिकैको कोठाबाट पक्राउ परेका छन। राजद्रोही मुद्दा लाउन होकि? जन्ताको आखामा छारो हाल्न नाटक गरेको हो??

स्वातन्त्र मधेश अभियान चलाइ रहेका सिके राउत जस्ता देशद्रोहीलाई मिति २०७३/१०/२१ गते नेपाल मानव अधिकार सङगठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालले अबिलम्ब रिहा गर्न नेपाल सरकारसक्षम अपिल गरेका छन। उहाँलाई मेरो प्रस्न……

– भारतमा हजारौ चेलीहरु बेचिदा कता थियो तपाइको मानव अधिकार?
– द्वन्द्वकालमा पत्रकार डेकेन्द्र थापालाई जिउदै खाल्डोमा पुर्दा कता गयो तपाइहरुको मानब अधिकार??
– बिदेशी भूमिमा हजारौ युवाहरु जेल जीवन तथा अलपत्र पर्दा र बिना अपराध फाँसीमा झुन्ड्याइदा कता थियो तपाइको मानव अधिकार???
– युवासंघका दुर्गा तिवारीलाई गोलि हानी हत्या गरियो। कुन दुलामा थियो तपाइको मानब अधिकार????
– नेपालमा यस्ता घट्ना दैनिक रुपमा भैहरेको छ। तर कुनै मानव अधिकारको कुरा सुनिएन । तर आज सिके राउत पक्राउ पर्दा मानव अधिकारको कुरा किन र कस्को लागि ??भारतको लागि या नेपालको लागि???

मानब अधिकार संगठन नेपालको बिज्ञप्तिप्रति घोर आपत्ति प्रकट गर्दछु !
देशको अस्तित्वको बिषयमा मानब अधिकारभन्दा देशको अधिकार उच्च हुन्छ र हुनु पर्छ! देस बिखण्डनकारीको बचाव गर्दै बिज्ञप्ति निकाल्ने मानब अधिकारबादी संगठन हुन सक्दैन। यो एउटा मानब अधिकारबादीको मकुण्डो ओढेको देश बिखण्डनकारी संगठन हो! राजा पृथ्बीनारायण शाहले नेपाल एकीकरण गर्नु भन्दा पहिला बाईसे,चौबिसे राज्य थिए के यि सबै राज्य अलग हुन खोज्ने अलग गरी दिने हो??
अनी तपाई कसको मानब अधिकारबादी?नेपाल को कि?मधेश को कि? गोर्खा को कि?लम्जुङ को कि?धादिङ को ?

त्यसैले मानब अधिकार संगठन नेपालको बिज्ञप्तिप्रति घोर आपत्ति प्रकट गरेको हुं। देशद्रोही सिके राउतको बचाउका लागि वकालत गर्ने भाडाका कथित खेतालाहरुको इन्काउन्टर गर सरकार,,सिके राउत फेरि नछुटोस!!!

यस्ता व्यक्तिले राउतलाई सुरक्षा दिन्छन् कि राजद्रोहीको मुद्धा लगाउँछन?? त्यो जनताले हेर्न आतुर गरेका छन् । जनताले अहिले हेर्छन् र परिणाम भने निर्वाचनको बेलामा देखाउँछन् । हेक्का होस।

उहीँ नेपाल र नेपालीको हित चाहने राष्ट्रको माया गर्ने चिन्ता प्रकट गर्ने परदेशी नेपाली
रमेश खड्का बैरेनी ८ धादिङ
हाल: सिङापुर
मिति:२०७३/१०/२३

यस्तो छ सीके राउतको विवादस्पद देश टुक्राउंने अभिव्यक्तिः हेर्नुहोस् भिडियो





Comments

comments

Leave a Reply

16177