Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

छिटो धनी बन्न खोज्दा जेलमा

काठमाडौं, ६ असोज। ओखलढुंगा चण्डेश्वरीका महेश खड्कालाई ४ वर्षअघि काठमाडौं प्रवेश गर्दा दैनिक गुजारा चलाउन पनि धौ धौ थियो। दिनभरी ज्यालादारी गरेर बेलुका गुजारा चलाउँथे। करिव ४ वर्षसम्म उनको यो दैनिकी बन्यो।

त्यसपछि मजदुरी छाडेर टोले गुण्डाहरुसँग संगत बढाए र उनी रातारात लखपति हुँदै करोडपति भए। गुण्डासँगको संगतबाटै उनको मजमैजुमा करिव १२ आना जग्गा जोडे। तर उनको धन्दा लामो समयसम्म टिक्न सकेन। सुराकीका आधारमा उनी काठमाडौंबाट समातिएको समाचार आजको कारोबार दैनिकले छापेको छ।

प्रहरीका अनुसार उनी अहिले कैद भुक्तानी गरिरहेका छन्। रोजगारीका सिलसिलामा काठमाडौं भित्रिएका युवा चाँडै धनी बन्ने प्रभोलनमा परी अपराधमा सम्लग्न भएका यो त उदारहण मात्र हो। चोरी कडैती, लुटपाट, जर्वजस्ती चन्दा, अपहरण तथा फिरौती असुलीजस्ता अपराधमा खड्का जस्ता थुप्रै युवाको सम्लग्नता बढ्दै छ।





Comments

comments

1618