Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

प्रणय दिवसको अवसरमा यसरी साटिए माया…

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –
कोलोराडो अमेरीका। प्रणय दिवसको पूर्व संध्यामा कोलोराडोस्थित नेपाली समुदायले शनिबार सांझ एक कार्यक्रम गरी एक आपसमा माया तथा प्यार साटासाट गरेका छन्।

लङमन्टस्थित स्थानीय एभरेष्ट रेष्टुरेन्टमा एक संस्कृतिक कार्यक्रमको आयोजना गरि एक आपसमा माया तथा प्यार साटासाट गर्दै प्रणय दिवस मनाएका हुन्।

एभरेष्ट रेष्टुरेन्टका संचालक प्रेमकाजी श्रेष्ठ तथा लक्ष्मी श्रेष्ठको आतिथ्यमा सम्पन्न कार्यक्रममा डेढ दर्जन भन्दा बढि जोडीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा उपस्थित जोडीहरुले आफ्नो जीवन संगी तथा जीवन संगिनीहरुलाई गुलाफको फूल, गीत ,नाच तथा मन्तब्य मार्फत मनका भावना पस्कदै जीवन भरी साथ र सहगोग गर्ने बाचा गरेका थिए।

कार्यक्रम सांझ ७ बजेदेखि राति ११ बजेसम्म संचालन भएको थियो । अन्तमा हेप्पी भ्यालेन्टायन डे लेखिएको केक काटेर कार्यक्रम सम्मन्न गरिएको थियो।

थप फोटोहरु यहाँ हेर्नुहोस्





Comments

comments

Leave a Reply

16220