Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कोलोराडोमा सरस्वती पूजासंगै सम्झिए यमबुद्ध र पन्नाकाजीलाई…

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –
फेब्रुअरी ११। कोलोराडो, अमेरीका। नेपाली भाषा, साहित्य, कला तथा संस्कृति जोगाई राख्न कोलोराडोमा सरस्वती पूजासंगै कवि गोष्ठी सम्पन्न गरिएको छ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा सनिबार बिद्याकी देबी सरस्वतीको पूजा आरधानासंगै सम्पन्न कवि गोष्ठी समारोहमा, कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी, कवि कवयित्री, साना बाल बालिका, कलाकार, व्यवसायी ,पत्रकार गन्यमान्य तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।

कार्यक्रमको सुरुमा भवानी ढुङ्गेल र शीतल शर्माले सरस्वती पुजा विधबत् रुपमा स्तोत्र पाठसंगै गरेका थिए । सोही क्रममा कृष्णमुरारी ढुङ्गेलले सरस्वती मन्त्रो चच्चारणसंगै शंख घंटा बजाएर माता सरस्वतीको आराधाना गरेका थिए । कार्यक्रम स्थल चर्जभित्र संख घण्टाको धुन गुन्जिएको थियो । कार्यक्रममा सुदक्षिणा भट्टले सरस्वती बन्दना बाचन गरेकी थिईन भने, उपस्थित सबैले सरस्वतीको पुजा गरेका थिए।

हालै दिवंगत पन्नाकाजी श्रेष्ठ र यम बुद्धलाई संझदै सुरु गरिएको कवि गोष्ठीमा झण्डै डेड दर्जन बढि कवि, कवयित्री, गायक तथा कलाकारहरुले आ–आफ्नो सृजना प्रस्तुत गरेका थिए। कवि, कवयित्रीहरुले गद्य, पध्य, श्रृंगारीक जस्ता शैलीहरुमा कविता तथा गजलहरु बाचन गरेका थिए। केहीले गीत र केहीले अभिनय र अनुभबहरुपनि प्रस्तुत गरेका थिए।

बिशेष गरि आर्या चालीसे र रनुष्का उपाध्यायको नृत्य, आयूष श्रेष्ठको हास्य ब्यङ्ग्यले सहभागीहरुको मन जित्न सफल भएको थियो । मानिस भाग्यको खोजिमा संसारको जुनसुकै कुनामा बसेर, जस्तो सुकै सुःख र सुविधा उपभोग गरेपनि आफ्नो भाषा सस्कृति, जन्मे हुर्केको देशको मायां ममता त्याग्न सक्दो रहेनछ भन्ने भाव यहां प्रष्ट देख्न सकिन्थ्यो।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष कृष्णमुरारी ढुङ्गेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको डा बिजयराज शर्माले समिक्षा गरेका थिए । संस्थाका महासचिब गौतमसागर राईले उपस्थित सबैलाई स्वागत गरेका थिए भने , सदस्य धन पौड्यालले कार्यक्रम संलालन गरेकी थिईन् । कार्यक्रममा उपस्थित सबै बालबालिकाहरुलाई बिभिन्न सैक्षिक सामग्री बितरण गरिएको थियो।

मानिस जहां जसरी रहेपनि नेपाल र नेपालीको भाषा संस्कृति जोगाई राख्नु पर्दछ भन्ने उद्धेश्य लिई “भाषा चाहिन्छ भेष चाहिन्छ सिर उठाई बाच्न आफ्नो देश चाहिन्छ” भन्ने मूल मन्त्रका साथ विश्वको ७३ देशमा शाखा र सयौं च्याप्टरमा फैलिएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्तर्गत कोलोराडो च्याप्टरको आयोजनामा प्रत्येक महिना कवि गोष्ठीको आयोजना हुने गर्दछ।





Comments

comments

Leave a Reply

16218