Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

चुम्बकै हौ कि एलिशा राई… (म्युजिक भिडियोसहित)


फाइल तस्वीरः गज्जब

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –
‘लुट २’ को ‘ठमेल बजार’ की आइटम गर्ल एलिशा राई हिजोआज एक्सन कटमा निकै व्यस्त छिन्।

म्युजिक भिडियोमा एलिाशालाई भ्याइनभ्याइ नै छ । भर्खरै मात्र एलिशाले ‘नेपाली तारा २’ का उपविजेता तारा लक्सम लिम्बुले गाएको ‘चुम्बकै हौ कि तिमी त’ बोलको गीतमा मोडलिङ गरेकी छिन्।

डिपी खनालको शब्द र लक्सम आफ्नै स्वर तथा संगीत रहेको गीतको भिडियोलाई सागर राजले निर्देशन गरेका छन्। जसले सुपरहिट गीत ‘पानी पर्यो’ को भिडियो निर्देशन गरेका थिए। भिडियोलाई अनिल मानन्धरले खिचेका छन्।

यसअघि पनि केही गीतहरु बजारमा ल्याइसकेका तारा यस गीतबाट भने निकै आशावादी छन् । उनी आफैं पनि भिडियोमा विभिन्न भूमिकामा देखिएका छन् । डान्स इन्डिया डान्स सिजन चारबाट चर्चामा आएका सुनिल क्षेत्री र उनको समूहले भिडियोमा सशक्त नृत्य प्रस्तुत गरेका छन्।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्





Comments

comments

Leave a Reply

16237