Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

स्ववियु निर्वाचन अधिकारीको अपहरण…


प्रा डा सुधा त्रिपाठी

काठमाडौं, ४ फागुन । त्रिभुवन विश्वविद्यालयले घोषणा गरेको स्ववियु चुनावको मिति नजिकिँदै गर्दा आगजनी र अपहरणलगायतका घटना बढ्न थालेको छ।

स्ववियु चुनावको विरोधमा रहेको विप्लव माओवादीनिकट अखिल क्रान्तिकारीले सोमबार त्रिवि शिक्षाध्यक्ष प्रा डा सुधा त्रिपाठीको गाडीमा आगजनी गरेका थिए भने मंगलबार निर्वाचन कमिटीका पदाधिकारीलाई अपहरण गरेका छन्।

त्रिवि शिक्षाध्यक्ष त्रिपाठीका अनुसार विश्वभाषा क्याम्पस निर्वाचन कमिटीका सचिव शिक्षक नवीनचन्द्र मरासिनी विद्यार्थीको अपहरणमा परेका हुन्। मरासिनीलाई क्याम्पस प्रमुखको रोहबरमा दुई घन्टापछि रिहाइ गरिएको थियो।

क्रान्तिकारीले केही दिन स्ववियु चुनाव सार्नुपर्नेलगायतका माग राखेर विरोधका कार्यक्रम जारी राखेकाले स्ववियु चुनाव अन्योलमा परेको छ।

उसले विभिन्न क्याम्पसमा तालाबन्दीसमेत गरेको छ । २८ वर्षे उमेर हदबन्दीको विरोधमा नेविसंघका असन्तुष्टहरूले उपत्यकाका १० क्याम्पसमा तालाबन्दी गरेका छन्। नयाँ पत्रिका दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

16246