Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

यस्तो छ- बेलायतमा छायाङ्कन गरिएको नेपाली म्युजिक भिडियो ‘दोष मेरो के थियो र’..?

गायक स्वरुपराज आचार्यको स्वर, टंक सम्बाहाङ्फे गीतमा गायक राजु आङदेम्बेको संगीत रहेको म्युजिक भिडियो सन् २०१५ को अन्त्यतिर बेलायतमा छायाङकन पूरा गरिए पनि औपचारिक रुपले भर्खरै सार्वजनिक गरिएको छ।

दोष मेरो के थियो र भन्ने बोलको म्युजिक भिडियो हालै भ्यालेण्टाइन्स डे (प्रेम दिवस)को अवसर पारेर गीतकार टंक सम्बाहाङ्फेको युट्युब च्यानलबाट सार्बजानिक गरिएको हो।

म्युजिक भिडियोको निर्देशन र सम्पादन फिल्म निर्देशक मिलन चाम्सले गरेका छन्। म्युजिक भिडियोमा संगीतकार स्वयं राजु आङदेम्बे, अभिनेता ध्रुब दत्त र ललिता सम्बाहाङ्फेले अभिनय गरेका छन्।

म्युजिक भिडियोको सबै दृश्य बेलायतमा छायाँकन गरिको मोडल तथा संगीतकार राजु आङदेम्बे बताए। पहिलो पटक आधुनिक फ्लेवरको गीतलाई दर्शक सामु ल्याएका छौ आशा छ मन पराउनु हुनेछ- उने भने। । हङकङमा बसेर गीति लेखनमा ख्याति कमाएका गीतकार टंक सम्बाहाङ्फेले बजारिया मायाँ बोलको म्युजिक भिडिय पछि दोस्रो ड्रीम प्रोजेक्ट दोष मेरो के थियो र बोलको म्युजिक भिडियो युट्युब मार्फत बिश्वब्यापी प्रीमियर गरेको बताए। बेलायतमा म्युजिक भिडियो छायाङकन गरिएकोले गीतको बोल अनुसार दृश्य राखिएकोले दर्शकहरुले पक्कै मन पराउनु हुनेछ भन्ने लागेको छ।

युमा आर्टस नेपालले बजार बितरणको जिम्मा लिएको दोष मेरो के थियो र गीतमा गायक स्वरुपराज आचार्यको स्वर निक्कै जमेको सुन्न पाईन्छ। स्वर संगीत र गीतको त्रिकोणात्मक संयोजन अत्यन्तै मिलेको गीतलाई बेलायतमा खिचिएका दृश्यहरुले न्याय गरेको छ।





Comments

comments

Leave a Reply

16252