Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

प्रेम दिवसमा नेपाल स्टार विष्णु चेम्जोङले यसरी गरिन् विहे…

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –
प्रथम नेपाल स्टार तथा गायिका/नायिका विष्णु चेमजोङले ११ वर्षे आफ्नो प्रेम सम्बन्धलाई बैवाहिक रुप दिएकी छिन्।

प्रणय दिवसको दिन मंगलबार धरानमा गायिका चेम्जोङले आफ्नो प्रेमी तथा धरानका संगीतकर्मी निर्मल मगरसँग वैवाहिक सम्बन्ध गाँसेकी हुन्।

विष्णुले आफ्नो सांगीतिक यात्रा सुरु गरेदेखि सांगीतिक यात्रामा साथ सल्लाह दिदा दिदै आफूहरु थाहै नपाइ एक अर्काको प्रेममा परेको निर्मल बताउछन्।

आफ्नो व्यस्त समय र घर परिवारको आपसी सल्लाह मिलाउदा मिलाउदै यतिको समय वितेको बताउने गायिका/नायिका विष्णु चेम्जोङ विहेपछि आफ्नो सांगीतिक करियरलाई अगाडि बढाइराख्ने बताउछिन्। विष्णुले निशानी, चेसुङलगायत चाडै रिलिज हुने तारेभिरमा मुख्य भूमिका निभाएकी छिन्।





Comments

comments

Leave a Reply

16255