Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नेपाली जनसम्पर्क समिति बहराइनको अधिवेशन सम्पन्न

सन्तोष दाहाल / एचकेनेपाल डट कम –
बहराइन। नेपाली कांग्रेसको अन्तर्राष्ट्रिय भातृ संगठन नेपाली जनसम्पर्क समिति बहराइनले मिति २०१४ सेप्टेम्बर १९ तारीकका दिन आफ्नो प्रथम अधिवेशन सम्पन्न गरेको छ।

यस कार्यक्रमको सभापति ने.ज.स.स. का अध्यक्ष पदम सुन्दर गुरुङ हुनुहुन्थ्यो भने प्रमुख अतिथि सभासद एवं नेपाली जनसम्पर्क समिति समन्वय बिभागका प्रमुख अर्जुन प्रसाद जोशी तथा बरिष्ठ अतिथि माननीय सभासद एवं युवा नेता गगन थापा हुनुहुन्थ्यो। राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रति आस्था राख्ने बहराइनबासी नेपालीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। अतिथिहरुमा नेपाली दूताबासका द्वितीय सचिव ओमकुमार भण्डारी, जनसम्पर्क समिति साउदी अरबका सल्लाहकार तथा संरक्षक राजु सैयद, बहराइनस्थित बिभिन्न राजनैतिक संगठनका प्रमुखहरु तथा सबै संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, आर्थिक सहयोगी, दाताहरु, पत्रकार तथा बुद्घीजिवीहरु हुनुहुन्थ्यो।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि र विषेश अतिथिहरुले सामुहिक रुपमा गर्नु भएको थियो। कार्यक्रमको सञ्चालन गणेश मल्ल ठकुरीले गर्नु भएको थियो। ज्ञात अज्ञात शहीदहरुलाई श्रदाञ्जलि दिदै एक मिनेट मैन धारण गरिएको थियो भने राष्ट्रिय गान पनि बजाईएको थियो। स्वागत मन्तव्य समितिका उपसभापति कमल ज्ञवालीले दिनुभएको थियो। बहराइनस्थित कलाकारहरुले स्वगत गीत प्रस्तुत गरेका थिए।

शुभकामना मन्तव्य एन.आर.एन. का अध्यक्ष टंक बस्नेत, बहराइनमा स्थापित अन्य राजनैतिक संगठनका प्रमुखहरु, नेपाली राजदूताबास बहराइनका कार्यलय प्रमुख तथा श्रम सहकारी विश्व न्यौपानेले शुभकामना मन्तव्य दिनुभएको थियो। जनसम्पर्क समिति साउदी अरबका सल्लाहकार तथा संरक्षक राजु सैयदले शुभकामना दिनु भएको थियो।

सभासद तथा युवा नेता गगन थापाले शुभकामना दिदै भन्नुभयो कि माघ ८ गते नै संबिधान जारी गर्ने, एकल जातीय आधारमा राज्य पुनः संरचनामा जानै नसकिने यदी गई हालेमा नेपालले त्यस्ता खाल्का राज्य पूर्ण संरचनाको ढाँचा थेग्नै नसक्ने र राज्य तहसनहस हुन सक्ने चेतावनी समेत दिदै नेपालको भू–बनावट र बहुजातीय सामाजिक बसोबासलाई ध्यान पु¥याएर सबै नेपालीहरुले अपनत्व हुने गरी राज्य पूर्ण संरचना गरी सबै जात जातिले फल्न र फुल्न, हाँस्न र हसाउन नेपाल मेरो हो भनेर गर्व गर्न सक्ने संविधान जारी गर्यो भने मात्र नेपालीले खोजेको संविधान पाउन सक्दछ।

कार्यक्रमका प्रमुख अतिथि सभासद अर्जुन प्रसाद जोशीले नेपाली जनसम्पर्क समिति विश्वभर फैलिने क्रम जारी रहेको र त्यसैको शिलशिलामा बहराइनमा प्रथम अधिवेशन हुदै गर्दा खुसी ब्यक्त गर्दै तदर्थ समितिका सभापति लगायत अन्य सदस्यहरुलाई धन्यवाद दिनु भएको थियो। अधिवेशनको खुल्ला सत्रलाई समापन गर्दै कार्यक्रमका सभापति पदम सुन्दर गुरङले कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशेष अतिथि तथा अन्य अतिथिहरुलाई उपस्थितिका लागि धन्यवाद ज्ञापन गर्दै तदर्थ समिति स्थापना समयदेखि अधिवेशन सम्पन्न हुने मितिसम्म संगठन सञ्चालनमा संगठन सञ्चालनको आफ्नो अनुभव सुनाउदै खुल्ला सत्र विर्सजन गर्नुभएको थियो।

बन्द सत्रको कार्यक्रम अनुसार निर्वाचन समितिले आफ्नो कार्य सम्पन्न गर्दै नयाँ कार्य समितिको नाम घोषणा गरेको थियो। सो घोषणा अनुसार २५ सदस्य कार्यसमिति गणेश मल्ल ठकुरी नेत्तृवमा सर्वसम्मत कार्य समिति चयन भएको घोषणा गरिएको थियो भने निर्वाचित कार्य समितिलाई प्रमुख अतिथिले सपथ खुवाउदै निर्वाचित भएको प्रमाण पत्र प्रदान गरिएको थियो।





Comments

comments

1628