Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

भुईको ५० रुपैयाँ टिप्न खोज्दा दुई लाख लुटियो

चितवन, ६ असोज। भुईमा देखेको ५० रुपैयाँ टिप्न खोज्दा एकजना व्यक्तिले बैंकमा जम्मा गर्न लागेको दुई लाख रुपैयाँ गुमाएका छन्। नारायणगढमा रहेको हिमालयन बैंकमा आइतबार मध्यान्ह दुई लाख रुपैयाँ जम्मा गर्न लागेका रेवती ढकाललाई कुनै अपरिचतले भुइमा खसेको ५० रुपैयाँ देखाइ दिएको थियो। भुइको रमक टिप्न झुकेका बेलामा उनको दुई लाख रुपैयाँ पनि हराएको हो।

सरस्वती सप्लायर्सका कर्मचारी रेवती ढकालले सवा ११ वजे बैंकमा डिपोजिट भौचर भर्दै थिए। दुई लाख रुपैंयाको बण्डल टेवलमा राखेर भौचर भर्दै गर्दा ढकालाई एकजना अपरिचतले ‘तपाइँको पैसा भुइमा खस्यो’ भनेका थिए। त्यसो भनेको सुनेर तल हेर्दा ढकालले ५० रुपैयाँ देखे। त्यही टिप्न झुकेको ढकालको दुई लाख रुपैयाँ पनि हराएको समाचार आजको नागरिक दैनिकले छापेको छ।

बैंकमा रहेको सिसीटीभी क्यामेराको भिडियो दृश्यमा युवकले दुई पटकसम्म पैसा भुइमा खसालेर ढकाललाई टिप्न आग्रह गरे जस्तो देखिन्छ। पहिलो पटक सायद ढकालले सुनेन्। दास्रो पटक भने ढकालले सो रकम टिप्न कुर्चिबाट उठेर पछाडी जाँदा खवर दिने युवासँग आएका अर्का एक युवा अगाडिबाट आएर दुई लाख रुपैयाँको बण्डल समाएर गेट बाहिर गएको दृश्य सिसि क्यामेरामा कैद भएको छ।

रकम हराएको केही बेरपछि मात्रै ढकालले घटनाका बारेमा बैंकको सुरक्षा गार्डसँग सोधपुछ गरेका थिए। बैंकका सुरक्षा गार्डले सो रकम र शंकास्पद गतिविधिबारे जानकारी नभएको बताएपछि ढकाल बैंकबाट बाहिर निस्केको दृश्य पनि सिसि टिभी क्यामरामा कैद भएको छ।

क्यामरामा कैद गरिएको भिडियो हेर्दा प्रहरीले मिलेमतोमा पैसा चोरी भएको आशंका पनि गरेको छ। प्रहरी नायव उपरीक्षक शान्तिराज कोइरालाले भिडियो हेर्दा ढकाल र गतिविधिमा संलग्न दुई युवाको मिलेमतोमा घटना भएको हुनसक्ने आशंका व्यक्त गरे।





Comments

comments

1622