Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

‘अमेरिका छाड’ भन्दै इन्जिनियरको गोली हानी हत्या…!!!

अमेरिकाको कान्सास राज्यस्थित एक रेस्टुरेन्टमा अमेरिकी पूर्वसैनिकले ‘मेरो देश छाड’ भन्दै एक भारतीय इन्जिनियरको गोली हानी हत्या गरेका छन्।

कान्सानस्थित अस्टिन बार एन्ड ग्रिल नामक रेस्टुरेन्टमा आडम प्युरिन्टन नामका व्यक्तिले गोली हानी भारतको हैदरावादका ३२ बर्षीय इन्जिनियर श्रीनिवास कुचिभोट्लाको हत्या गरेका हुन्।

घटनामा उनका साथी आलोक मदासिनी र गोली प्रहारको प्रतिकार गर्ने अमेरिकी नागरिक इयान ग्रिलोट घाइते भएका छन्।

कान्सास सीटी स्टार पत्रिकाले प्रत्यक्षदर्शीलार्इ उद्धृत गर्दै जनाएअनुसार प्युरिन्टनले आक्रोशित हुँदै मेरो देश छाड भन्न थालेपछि रेस्टुरेन्टका कर्मचारीले उनलाई बाहिरिन भनेका थिए त्यसपछि उनी बाहिरिए । तर लगत्तै भित्र पसेर गोली प्रहार गरेका थिए। कान्तिपुर दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

16485