Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

मोना युकेको अध्यक्षमा प्रकाश पौडेल

धर्मराज अधिकारी / एचकेनेपाल डट कम-
लण्डन । म्याग्दी प्रवासी नेपाली संघ (मोना) युकेको अध्यक्षमा प्रकाश पौडेल चयन भएका छन्। म्याग्दी जिल्लाको पुलाचौरमा जन्मिएका पौडेल मोना युकेको चौथो अधिवेशनको सहमति अनुसार अध्यक्षमा चयन भएका हुन्।

अधिवेशनमा ३ बर्ष कार्यकालयको लागि म्याग्दीको ताकमका उमेश राना र पौडेल विच १८ ÷१८ महिना नेतृत्व आलोपालो गर्ने सहमति भएको थियो। रानाको अध्यक्षतामा रहेका उपाध्यक्षहरुमा कमल बहादुर पुर्जा, दल जुग्जाली र शान्ता गौचन, महासचिवमा खिम शेरचन, कोषाध्यक्षमा किसन जीसी, सहकोषाध्यक्षमा गिरी थापा पौडेल अध्यक्षताको कार्यसमितिमा पनि रहनेछन्। यद्यपि केहि नयां पदाधिकारी तथा सदस्यहरु भने थप हुने अध्यक्ष पौडेलले जानकारी दिए।

सोही सहमति अनुसार रानाको कार्यकाल सकिएपछि सेप्टेम्वर १ देखि पौडेल मोना युकेको कार्यकारी अध्यक्ष बनेका हुन्। यसअघिका अध्यक्ष उमेश रानाले ईमेल मार्फत पौडेललाई आगामी कार्यकाल सफलताको शुभकामना दिएका थिए।

सहमति अनुसार पौडेल अध्यक्षमा चयन भएपछि छिट्टै औपचारिक समारोह गरी नेतृत्व हस्तान्तरण गर्ने तयारी भईरहेको छ। चौथो अधिवेशनबाट निर्वाचित अन्य पदाधिकारीहरु भने यथावत रहने बताईएको छ। संस्थाले म्याग्दीको शिक्षा, स्वास्थ्यलगायतका सामाजिक क्षेत्रमा ठूलो सहयोग पुर्याउंदै आएको छ।

अध्यक्ष रानाले आफ्नो कार्यकालमा समन्वयकारी भूमिका निर्वाह गरेकोमा धन्यबाद दिंदै पौडेलले आफ्नो कार्यकाललाई समेत समन्वयकारी बनाउने र ऐतिहासिक रुपमा सफल बनाउन सवै क्षेत्रबाट सहयोगको अपेक्षा गरेका छन्।





Comments

comments

1649