Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

यस्तो रह्यो पोखराको फेसन ट्रेन्डस्, यसरी उत्रे र्याम्पमा सेलीब्रेटीहरु… (फोटो फिचरसहित)

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –
हालै सुन्दर पर्यटकीय तथा फ़ेशनेबल सहर पोखरा सेलीब्रेटी मोडल ,नायक ,नायिकाहरुले भरिए।

चर्चित फेशन डिजाइनर उत्तम कुमार श्रेष्ठ बनेपालीले शनिबारबाट काठमाडौँ र हेटौडा पछि आफ्नो तेस्रो फेशन इन्स्टिच्युट सेन्ट्रल फेसन हव पोखरामा खोलेका छन्।

प्रमुख अथिति उधोग बाणिज्य संघ, पोखराका अध्यक्ष बिश्वशंकर पलिखे र मिस नेपाल अस्मि श्रेष्ठ , अभिनेत्री दीपाश्री निरौला लगायतका सेलिब्रेटीहरुले फेसन हवको औपचारिक रुपमा रिबन काटेर उद्घाटन गरेका थिए।

पोखरामा सेन्ट्रल फेसन हवको उद्घाटनको अवसरपारि सेन्ट्रल फेसन हव , पोखरा र सिल्भर इन्टरटेन्मेंटले बायो व्हिस्की र बायो भोड्काको मुख्य प्रयोजनमा ” फेशन ट्रेन्ड्स २०१७ -पोखरा “स्थानीय ग्रान्ड होटेल मा भब्य रुपमा सम्पन्न भएको हो।

फेसन ट्रेन्डस् २०१७ पोखरामा चर्चित नायिका, मिस नेपाल, मिस पूवान्चल देखि चर्चित मोडलहरुले र्याम्पमा डीजाइनर उत्तम बनेपालीसंगै उनको सेन्ट्रल फेसन हवको बिद्यार्थीहरु इशु मगर र अन्जना श्रेष्ठको डीजाइनमा आफूहरुलाई र्याम्पमा प्रस्तुत गरे।

फेशन ट्रेन्ड्स २०१७ को र्याम्पमा अभिनेत्री तथा निर्देशक दिपाश्री निरौला, नायिका नम्रता श्रेष्ठ, हर्षिका श्रेष्ठ, रिमा विश्वकर्मा, मरिस्का मेरी पोखरेल, आँचल शर्मा, मिस नेपाल २०१६ अश्मी श्रेष्ठ,मिस नेपाल अर्थ २०१६ रोसनी खत्री ,मिस पूर्वाञ्चल २०१६ कृतिका गिरि ,मिस पूर्वाञ्चल २०१६ फर्स्ट रनर अप इक्शा मादेन , मिस नेपाल इन्टरनेश्नल २०१२ शुभेच्छा खड्का लगायतले एविनिंग , क्यजुवल र ट्रेडीसनल लगायतका डिजाइनमा र्याम्प नापे।

त्यस्तै पुरुष मोडलतर्फ मन्चिन शाक्य, रोशन श्रेष्ठ,नवनीतिराज प्रधान, अमृत ढुंगाना, अमित श्रेष्ठ, निराजन लुईंटेल लगायतले वाक गरे क्यजुवल र ट्रेडीसनल डिजाइनमा र्याम्पमा प्रस्तुत भए । सबै सेलिव्रेटी तथा मोडलहरुको मेकअप लामो समय पश्चात पोखरामा सेलिव्रेटीहरु सम्मिलित फेशन शोले पोख्रेलीहरु मक्ख देखिन्थे।

शोमा डिआइडी सिजन फोरका टप फाईभ फ़ाइनलिस्ट सुनिल क्षेत्रिको नेपाली ठिटो ग्रुपको आकर्षक नृत्य र गायक सपन श्रेष्ठले समेत आफ्ना गीतहरु प्रस्तुत गरेका थिए।

थप फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्





Comments

comments

Leave a Reply

16576