Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

स्ववियु चुनाव हारेपछि नेबि संघकी नेतृ रिमा क्षेत्रीले गरिन् आत्महत्या

काठमाडौं, १९ फागुन। स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हारेपछि स्याङ्जामा नेपाल विद्यार्थी संघकी नेतृ रिमा क्षेत्रीले विहीवार आत्महत्या गरेकी छन्।

उनले घरमा कोही नभएको बेला कुर्थाको सलले पासो लगाएर घरभित्रै झुण्डिएर आत्महत्या गरेकी स्याङ्जा प्रहरीले जनाएको छ।

सुसाइट नोटमा उनले मर्ने रहर त होइन बाध्यता हो भनेर लेखिएको प्रहरीले जनाएको छ।

नेपाल विद्यार्थी संघको प्रतिनिधित्व गर्दै उनी स्ववियुको सभापति उम्मेदवार बनेकी थिइन्। उनी बुधबार भएको चुनावमा पराजय भएकी थिइन्।

उनी फेदीखोला गाविसस्थित सिद्धार्थ बहुमुखी क्याम्पस बीबीएस प्रथम वर्षमा अध्ययनरत थिइन्। उनको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल लगिएको छ।





Comments

comments

Leave a Reply

16585