यस्तो रह्यो पोखरा जंगल फेस्टिभल…

उमेश पुन / एचकेनेपाल डट कम –
पोखरा, २२ फागुन। पोखरामा फागुन १२ बाट सुरु भएको जंगल फेस्टिभल सिजन ३ आइतवार समापन भएको छ।

‘एकै खाले मेला र महोत्सवहरु हेरेर दर्शकहरु लगभग थाकिसकेका छन् । त्यसैले हामीले केहि फरक तवरले दर्शकको ध्यानाकर्षण गर्न चाहेका थियौ र हामी सफल पनि भयौ’- आयोजक परिचय नेपालका अध्यक्ष सोभित बस्यालले बताए।

‘ब्याक टु नेचर’ थिम दिएको यो फेस्टिभलमा बालकदेखि वृद्धवृद्धासम्म रमाउने थुप्रै रोचक कार्यक्रमहरु समावेश गरिएको थियो । फेस्टिभलमा करीब ५० हजार दर्शकहरुको प्रत्यक्ष सहभागिता रहेको आयोजकले जनाएको छ।

फेस्टिभलमा नेपाल र भारतको रेस्लिङ र फेशन शो मुख्य आर्कषणमा रह्यो । जंगल थिम दिएको फेशन शोमा आइएफसीका ६० जना डिजाइनरहरुले तयार पारेको पहिरनमा १२ जना मोडलहरुले पहिरेर र्याम्पमा हिडेका थिए । उक्त फेशन शोको कोरियोग्राफी नबीन पाख्रिन र सुरज थापाले गरेका थिए।

सबै फोटोः उमेश पुन





Comments

comments

Leave a Reply

16649