Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पोखरामा मिस नेवा ११३७ प्रिजजिङ्ग राउण्ड सम्पन्न…

पोखरा, २२ फागुन। नेवा खलः कास्कीको आयोजनामा हुन लागेको सातौं संस्करणको मिस नेवाः पोखरा ११३७ का सहभागीहरुको प्रिजजिङ्ग, फोटो सुट तथा अवलोकन भ्रमण सम्पन्न भएको छ।

फागुन २८ गते हुने ग्राण्ड फिनालेमा बितरण हुने बिभिन्न सवटाइटलका लागि प्रिजजिङ्ग गरिएको कार्यक्रम संयोजक शम्भुलाल श्रेष्ठले बताए । मिस नेवा प्रतियोगिता अन्तर्गतको ट्यालेण्ट सो फागुन २४ गते हुनेछ । नेवारी सभ्यता र संस्कृतिका बारेमा स्थलगत जानकारीका लागि प्रतिस्पर्धीहरुलाई काठमाण्डौं, ललितपुर, किर्तीपुर र भक्तपुर भ्रमण गराइएको संयोजक श्रेष्ठले बताए । प्रतियोगीहरुको ३ दिने साँस्कृतिक भ्रमणका क्रममा नेवा देय दबु, चौमती नेवा खलः, ज्यापु महागुठी, नेवा चलचित्र राष्ट्रिय दबुले स्वागत तथा नेवारी संस्कृतिका बारेमा जानकारी दिने उद्धश्यले कार्यक्रमको आयोजना गरेका थि ।

प्रतिस्पर्धामा पोखरा बागबजारका श्रद्धा श्रेष्ठ, कुँडहरका बर्षा श्रेष्ठ, नयाबजारका सिम्रन श्रेष्ठ, लेखनाथ शिशुवाका सुमन श्रेष्ठ, हेम्जाका कृपा श्रेष्ठ, नयाबजारका सरिष्मा उदास, लेखनाथ खुदीका लक्ष्मी श्रेष्ठ, गणेशटोलका सुमित्रा श्रेष्ठ, मोहोरिया टोलका रश्ना बुद्धाचार्य, तेर्सापट्टीका अंशु शाक्य, श्रीया श्रेष्ठ, तनहुँ दुलेगौंडाका आकृति श्रेष्ठ, नदिपुरका ज्यास्मिन श्रेष्ठ, रामकृष्णटोलका निकिता लिगल, चिप्लेढुङ्गाका प्राथर्ना डंगोल, बागबजारका आयुष्मा श्रेष्ठ र लेखनाथका सुस्मी कतिला रहेका छन् ।

विभिन्न चरण  पार गर्दै फागुन २८ गते पोखरा सभागृहमा अन्तिम चरणको प्रतिस्पर्धा हुनेछ । मिस नेवाः पोखरा ११३७ का विजेताले ४० हजार नगद, फस्ट रनरअपले २५ हजार र सेकेण्ड रनरअपले १५ हजार नगदसहित प्रमाणपत्र र आकर्षक उपहारहरु प्राप्त गर्ने छन् । कार्यक्रमबाट वचत रकम, नेवा खलः कास्कीले आयोजना गर्ने नेवारी साँस्कृतिक कार्यक्रममा टेवा पुर्याउने तथा भौतिक संरचना निर्माणमा सहयोग गर्ने भएको छ ।

नेपाल संवत ११३१  देखि शुरु गरिएको मिस नेवा पोखराको छैठौं संस्करणसम्म १ सय ६ जनाले भाग लिएको र ११३१ मा निकिता श्रेष्ठ, ११३२ मा रचिता नकर्मी, ११३३ मा सुमना बज्राचार्य र ११३४ मा रुचि श्रेष्ठ, ११३५ मा आशा श्रेष्ठ, ११३६ मा एलिशा जोशीले मिस नेवा पोखराको ताज पहिरन सफल भइसकेका छन् । मिस नेवा शुरु गरेदेखि नेवार युवतीहरुले मौलिक बाजा बासुरी, धिमे बाजा बजाउन प्रशिक्षण, भाषा तालिम, क्वाँटी खाने मेला कै रुपमा आयोजना गरी नेवारी सँस्कृतिमा योगदान पुर्याउदै आएको छ ।





Comments

comments

Leave a Reply

16645