युकेमा ग्याल्पो लोसार भब्य रुपमा मनाईयो…

विश्वासदीप तिगेला –
युकेमा रहेका शेर्पाहरुले युकेको रिडिङस्थित बगफिल्ड कम्युनिटी हलमा शनिवार ग्याल्पो लोसार २१४४ भब्यरुपमा मनाएका छन्।

शेर्पा एशोसियसन युकेले आयोजना गरेको कार्यक्रममा युकेभर रहेका शेर्पा तथा पाहुनाहरुको बाक्लो उपस्थिति थियो । ग्याल्पो लोसार सिंगो नेपालको राष्ट्रिय चार्ड भएकोले सबैलाई नेपाल सरकार तथा नेपाली दूतावास लण्डनको तर्फबाट प्रमुख अतिथि राजदूत डा. दुर्गा बहादुर सुवेदीले शुभ कामना ब्यक्त गर्नुभयो। त्यस्तैगरि विशिष्ट अतिथि नेपाल आदिवासी जनजाति महासङ्घ युकेका अध्यक्ष तुल छन्त्यालले एसोशियसनका आजीवन सदस्य तथा योगदान दिनुहुने महानुभावहरुलाई सम्मानपत्र हस्तान्तरण गर्नुभयो।

अत्यन्तै ब्यवस्थित रहेको समारोहमा मौलिक शेर्पा सांस्कृतिक कार्यक्रम लगायत विभिन्न मनोरन्जनात्मक प्रस्तुतीका साथ नयाँ बर्षको शुभ कामना आदानप्रदान गरिएको थियो । समारोहका अध्यक्ष साना शेर्पाले परम्परागत अत्यन्तै पवित्र खदालाई एनआरएन लगायत संघसंगठनले षडयन्त्रमूलक ढङ्गबाट गलत विश्लेषण गरेकोमा आपत्ति ब्यक्त गर्नुभयो । उहाले सहभागी तथा कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो।

लोसारमा उपस्थित सबैलाई तसि शेर्पाले शेर्पा भाषामै स्वागत भाषण गर्नुभएको थियो भने एसोशियसनका महासचिव ङवाङ योन्तेन ग्याछोले संचालन गर्नुभएको थियो । ‘लो’ को अर्थ बर्ष र ‘सार’ को अर्थ नयाँ । यस पटकको चरा बर्ष गत २७ फेब्रुवरी २०१७ बाट शुरु भएको छ।





Comments

comments

Leave a Reply

16643