Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

रुन्चे गायकको नयाँ गीत सार्वजनिक (भिडियोसहित)

राम ढुंगेल / एचकेनेपाल डट कम –
काठमाडौं । रुन्चेगायकका रुपमा ख्याति कमाएका प्रकाश पौडेलले जय श्री राम…बोलको भजनपप नयाँ शैलीको गीत सार्वजनिक गरेका छन्।

विगत १५ वर्षदेखि पप, लोकपप, सेन्टिमेन्टल साथै कमेडी र नयाँनयाँ शैलीमा गीतहरु सार्वजनिक गरिरहेका गायक पौडेल पृथक शैलीका गीत गाएर छुट्टै पहिचान बनाउन सफल छन्। गायक पौडेलले यो गीतमार्फत् नेपाली समाजका प्रचलित कुसंस्कारलाई तीव्र व्यंग्य प्रहार गरेका छन्।

मुखमा रामराम बडलीमा छुरा
कामभन्दा बढी हुन्छ यहाँ कुरा
राम राम ….जय श्री राम

नरेश भट्टराईका शब्दमा गायक पौडेल र सुमित श्रेष्ठले संगीत सिर्जना गरेका हुन् । हाँस्यरस र व्यंग्यचेत भएका गीत गाउन सिपालु पौडेलले उक्त गीतको म्युजिक भिडियो गीतको भावसँग मेल खाने किसिमको बनाएका छन्।

बिट्स स्टुडियोका सुरज श्रेष्ठले एरेन्ज गरेको गीतको भिडियो ऊर्जा ब्यान्डको साथ र सहकार्यमा सार्वजनिक गरिएको हो । भिडियोको छायांकन देवेन्द्र चौधरीले गरेका हुन्।

मार्च ७ मा युट्युबमार्फत् सार्वजनिक भएको उक्त गीत दर्शक तथा श्रोताहरुले मन पराउने गायक पौडेलले विश्वास प्रकट गरेका छन् । ओम एसियन म्युजिकमा रेकर्डिङ गरिएको उक्त गीतको सम्पादन सुनील थापाले गरेका हुन्।





Comments

comments

Leave a Reply

16703