Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

संयुक्त राष्ट्रसंघको विशेष निमन्त्रणामा आरजु जेनेभा प्रस्थान…

रोशन मेवाहाङ्ग/ एचकेनेपाल डट कम-
लण्डन , २५ फाल्गुन । लण्डन व्यक्तिगत भ्रमणमा रहेकी डा. आरजु देउवा संयुक्त राष्ट्र संघ मानवअधिकार परिषदको विशेष निमन्त्रणामा स्वीजरल्याण्ड गएकी छन्।

विशेष निमन्त्रणामा स्वीजरल्याण्ड जान पूर्वअघि लण्डनको एक नेपाली रेष्टुरेन्टमा रात्रिभोजको आयोजना गरिएको थियो । रात्रि भोजमा उपस्थित समाजसेवि आशा राईले फूलको पुष्पगुच्छा दिदै जेनेभामा अन्तर्राष्ट्रिय नारी दिवसमा शरीक रहन यात्राका लागि शुभकामना दिएकी थिइन्।

स्वीजरल्याण्डमा परिषदले आयोजना गरिएको दुई दिने गोष्ठी दुवै दिन डा. आरजुले बोल्ने कार्यक्रम रहेको जानकारी दिईन्। पहिलो दिन बुधवार साँझ ७ बजे डा. देउवाले महिलाहरु अझै पनि किन पछाडि परेका छन् भन्ने विषयमा बोल्ने छिन्। त्यसै गरी दोस्रो दिन मार्च ९ तारिख विश्वमा विरामीहरुको संख्या र मृत्युदर बढिरहेको विषयमा आफ्नो तर्क राख्ने उनले बताईन्।

डा. आरजु विगत दुई दशक अघिदेखि महिला तथा मानवअधिकारका विषयमा समाजसेवा गरिरहेकी कारण संयुक्त राष्ट्रसंघले उनको योगदानको कदर गर्दै परिषदको गोष्ठीमा विशिष्ट अतिथि वक्ता निमन्त्रणा गरिएको हो।

स्रोतका अनुसार गोष्ठी सकिएपछि डा. आरजु मार्च १० तारिख दिउँसो लण्डन फर्किने र सोमवार बेलुकी काठमाण्डौं प्रस्थान गर्ने छिन् ।





Comments

comments

Leave a Reply

16699