Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

प्रचण्डको छोरा प्रकाश दाहालले अब राइफल बोकेर हिड्न पाइने…

प्रधानमन्त्री पुष्पकमल दाहालका स्वकीय सचिवसमेत रहेका छोरा प्रकाश दाहालले बिहीबारदेखि २२ बोर राईफल बोक्ने आधिकारिक अनुमति पाएका छन्।

दाहालको व्यक्तिगत सुरक्षामा चुनौती र जोखिम रहेको सुरक्षा समितिको निश्कर्षपछि गृह मन्त्रालयको सिफारिसमा उनलाई हतियार बोक्न अनुमति दिइएको हो। काठमाडौं जिल्ला प्रशासन कार्यालयले दाहालले इटलीबाट आयात गरेको २२ बोरको राइफल र दुई सय थान गोली राख्ने इजाजतपत्र दिएको हो। इजाजत पत्र उनको नागरिकताको नाम साकार दाहालका नाममा छ।

सहायक प्रमुख जिल्ला अधिकारी प्रेम लुईंटेलले करिब डेढ वर्षअघि दाहालले दिएको निवेदनका आधारमा बिहीबार नेपाल आई पुगेको हतियार र गोलीमा सरकारी मोहर लागेको हो।

दाहालले गत पुषमा आफूलाई सुरक्षा खतरा रहेको भन्दै प्रशासनमा हतियारका लागि निवेदन दिएका थिए। नागरिक दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

16729