Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कास्की जिल्ला जनसरकार प्रमुखसहित १३ जना पक्राउ…

ओम हमाल –
पोखरा, २८ फागुन। कञ्चनपुर हत्याको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको बन्दका क्रममा आज बिहानै प्रहरीले पर्यटकीय नगरी पोखरा र लेखनाथबाट कास्की जिल्ला जनसरकार प्रमुख लगायत १३ जना कार्यकर्ताहरुला्रई गिरफ्तार गरेको छ।

बन्द गराउन हिंडिरहेका बेला उनीहरुलाई पोखराको पृथ्वीचोक (लखनचोक)बाट पक्राउ गरेको हो।

प्रहरी हिरासतमा रहेका कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गठन गरेको कास्की जिलला जनसरकार प्रम्ख जगन तिवारी”जगन बा” अखिल नेपाल श्रमिक मजदूर संघका केन्द्रीय सचिव राजु भुजेल तथा अन्य कार्यकर्ताहरु मंगल लिम्बु, खड्कबहादुर राई “चुच्चे”हरि राई, अमृत सापकोटा, सुरज गुरुङ, तिलबहादुर रेग्मी र रामचन्द्र ढ्ुगाना रहेका छन्।

उनीहरुलाई वडा प्रहरी कार्यालय बैदाम पोखरामा राखिएको छ । त्यस्तै लेखनाथको पावरहाउसबाट पक्राउ पर्ने कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुमा कुमार, दिव्य गोगै तमु, रामजी बराल र अर्का एक कार्यकर्ताहरु रहेका छन्। उनीहरुलाई डाँडाको नाक प्रहरीचौकीमा राखिएको छ।

यसैबीच प्राप्त जानकारी अनुसार, नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको बन्दकाकारण पर्यटकीय नगरी पोखरामा प्रभाव देखिएको छ । पोखरामा फाट्टफुट्ट मोटरसाइकल बाहेक अन्य सवारी साधनहरु चलेका छैनन् भने उद्योगधन्दा कलकारखाना र पसलहरु पूर्ण रुपमा बन्द छन्।





Comments

comments

Leave a Reply

16737