Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

आदिवासी जनजाती महासंघ,पोर्चुगलले ज्ञापन पत्र बुझायो

वाई वी तमू –
लिस्बोन,१३ मार्च २०१७ – आदिवासी जनजाती महासंघ,पोर्चुगलद्वारा लिस्बोनका लागि नेपाली अवैतनिक बाणिज्यदूतमार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ।

आदिवासी जनजाती महासंघ,पोर्चुगलका अध्यक्ष नर भुपाल राईको नेतृत्वमा उपाध्यक्ष हेम गुरुङ,महासचिव मदन राई, मगर समाज पोर्चुगलका अध्यक्ष लाल बहादुर पून मगर, प्रेम तामाङ,राजेन्द्र शेर्पा लगायतका प्रतिनिधिहरुको संयुक्त टोली द्वारा लिस्बोन स्थित नेपाली अवैतनिक बणिज्यदुत मकर बहादुर हमाललाई बुझाइएको थियो।

नेपाल सरकारका प्रमुख, प्रधानमन्त्री पुष्प कमल दाहाललाई सम्बोधन गरि बुझाइएको उक्त ज्ञापन पत्रमा पेरिसस्थित रहेको नेपाली राजदूतावास र राजदूत अम्बिका देवी लुइटेललाईसमेत बोधार्थ गरिएको छ।

विज्ञप्तिको पूर्ण पाठ:





Comments

comments

Leave a Reply

16770