Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

होलीमा चल्यो गोली

मलंगवा, सर्लाहीको इश्वरपुर ३ खड्का टोलमा सोमबार साँझ होली मनाउने क्रममा गीत बजाउने विषयलाई लिएर झडप भएको छ।

झडप नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड हवाई फायर गरेको खबर अन्नपूर्ण पोष्टले छापेको छ।

खड्का टोलको माथिल्लो गाउँ र तल्लो गाउँका बासिन्दाबीच बाजा बजाउने की नबजाउने भन्ने बिषयमा विवाद हुँदा झडप भएको प्रहरीले जनाएको छ।

प्रहरीमाथि नै केही युवाले ढुंगामुढा गरेपछि प्रहरीले हवाई फायर गरेको प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले बताए।





Comments

comments

Leave a Reply

16778