Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

तमू (गुरुङ) समाज कतारको १३ औं बार्षिक साधारण सभा सम्पन्न !

दोहाको नज्मास्थित सुन्दरवन रेस्टुरेन्ट्को सभाहलमा हालै तमू (गुरुङ) समाज, कतारको १३औं वार्षिक साधारण सभा सम्पन्न भयो।

समाजका प्रमूख संरक्षक बिलबहादर तमूको प्रमुख आतिथ्यता संगै विशेष अतिथिहरुमा समाजका संरक्षक बुधबल तमू लगायत निर्देशक सल्लाहकार कृष्ण तमू र अन्य सल्लाहकारहरु रहनु भएको थियो । साथै अन्य अतिथिहरुमा समाजको संरक्षकत्वमा स्थापित बिभिन्न समितिका प्रमूखज्युहरु रहनु भएको थियो ।

प्रमुख अतिथि ज्युको बाहुलीबाट दीप प्रज्वलित गरी विधिवत रुपमा कार्यक्रमको शुभारम्भ गरिएको कार्यक्रममा समाजका द्वितीय उपाध्यक्ष भाइकाजी तमूको स्वागत मन्तव्य द्वारा उपस्थित सम्पूर्णलाई स्वागत गर्नु भएको थियो।

गत वर्ष खेम तमूको अध्यक्षतामा निर्वाचित कार्यसमिति गठन पश्चात समाजले एक वर्षमा गरेको गतिविधि सम्बन्धमा साधारण सदस्यहरुलाई जानकारी गराउने र आपसी छलफलका लागि वार्षिक साधरणसभाको आयोजना गरिएको सन्दर्भमा महासचिव खुशीमान तमूले बार्षिक कार्यप्रगति प्रतिबेदन मार्फत वर्तमान कार्यसमितिले एक वर्षभरि गरेको कार्यहरुको बिवरण प्रस्तुत गरे लगत्तै समाजले एक वर्ष भित्र गरेको आर्थिक कारोवारलाई समेटेर कोषाध्यक्ष धन तमूले कतारी रियल एक लाख तेत्तीस हजारभन्दा बढी (उन्चालिस लाख नेपाली रुपैयाँ भन्दा बढी) को आर्थिक कारोवार गरेको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो।

महासचिव र कोषाध्यक्षबाट प्रस्तुत प्रतिबेदनहरु उपर ब्यापक छलफल पछि आवश्यक परिमार्जन गर्दै सर्वसम्मतले पारित गरिएको थियो।

सोही वार्षिक साधारण सभाबाट रिक्त रहेको अध्यक्ष पदमा कार्यवाहक अध्यक्ष रस (शिव) तमूलाई सर्बसहमतिले अध्यक्ष पदमा नियुक्त गरियो । साथै सोही दिन समाजका सल्लाहकार धनराज तमूको वैवाहिक बर्षगाँठ परेको अवसरमा समाजको भैपरी आउने कोषमा रहने गरि अक्षरेपी नेपाली रुपैयाँ १०००० प्रदान गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो।

साधारण सभाको औपचारिक कार्यक्रम पूर्व उक्त दिन नै नियमित बैठक तथा गत महिना चेलीबेटी भोज तथा सम्मान कार्यक्रमको समीक्षा पनि गरिएको थियो । साधारण सभाको समापन लगत्तै तमू (गुरुङ) समाज कतारको संरक्षकत्वमा स्थापित तमू साँस्कृतिक परिवारको विविध प्रस्तुति रहेको थियो।

तमू (गुरुङ) समाज परिवारकै सदस्यहरुको बाक्लो उपस्थिति र तमाम शुभचिन्तकहरुको उल्लेखनीय उपस्थिति सँगै नयाँ साधारण सदस्यता वितरण तथा आजीवन सदस्यता वितरणमा ब्यस्तताको सुखद अनुभुतिले साँच्चिकै समाज प्रतिको मर्यादा र थप जिम्मेवार बोध गराइरह्यो।

थप फोटोहरु यहाँ हेर्नुहोला





Comments

comments

Leave a Reply

16775