Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नबिनको साथ बिमोचन

पोखरा ६, चैत्र। गायक नबिन कटुवालको दोस्रो सांगेतिक एल्वम ‘साथ’को पोखरामा एक कार्यक्रमका बिच बिमोचन गरिएको छ।

कटुवालको एल्वमलाई गायक बिनोद बानिया, संगितकर्मीहरु नबराज बराल, श्रीमान थुलुङ र मेनकाजी गुरुङले संयुक्त रुपमा सार्वजनिक गरेका हुन । सो अवसरमा एल्वममा समावेश ‘मलाई खुशी’ बोलको एक गितको म्युजिक भिडियो समेत सार्वजनिक गरियो। कटुवालको एल्वममा चार गीत समावेश छन् । सबै गीतमा प्रकाश नेपालीले संगीत दिएका छन्।

फलानो क्रियशनले आयोजना गरेको कार्यक्रममा बोल्दै गायक बिनोद बाँनियाले बदलिदो सांगीतिक बजारसंग अनुकूल हुने किसिमको संगीतकर्म गर्नु पर्नेमा जोड दिए । गायक नबिन कटुवालले एल्वममा फरक–फरक स्वादका गीत समावेश गरिएको बताउदै एल्वमलाई सबैखाले श्रोताले मन पराउने बिश्वास ब्यक्त गरे। संगीतकार प्रकाश नेपालीले गम्भीर श्रोताका लागि समेत एल्वम प्रिय हुने धारणा राखे । संगीतकर्मीहरु नवराज बराल, श्रीमान थुलुङ र मेनकाकजी गुरुङले गायक कटुवालको सुखद सांगितिक भबिष्यको कामना गरे।

सार्वजनिक गरिएको म्युजिक भिडियोलाई अपिल त्रिपाठीले निर्देशन तथा सम्पादन गरेका हुन्। सरोज अधिकारीको छायाङ्कन तथा सुवास अम्गाईले रंग संयोजन गरेको भिडियोमा मिलन थापा, अनु शाह र अनिल अधिकारीको अभिनय रहेको छ । कार्यक्रममा बोल्दै निर्देशक अपिल त्रिपाठीले सामान्य बिषयमा सरल तर अर्थपूर्ण भिडियो बनाउने प्रयास गरेको बताए।

झण्डै ६ बर्षअघि ‘कोशेली’ एल्वम बजारमा ल्याएका नबिनले यसपाली आफ्नो एल्वममा प्रेमदेखि राष्ट्रियता सम्मका बिषय उठाएका छन्।





Comments

comments

Leave a Reply

16848