Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

चीनले प्रचण्डलाई राजकीय सम्मान नदिने…

यही बिहीबार छिमेकी मुलुक चीनको भ्रमणमा जाने तयारीमा जुटेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चीनले राजकीय सम्मानका साथ स्वागत नगर्ने भएको छ।

भ्रमणको तयारीका लागि पर्याप्त समय नभएको जनाउँदै चीनले प्रधानमन्त्री दाहाललाई विशेष आतिथ्यका साथ स्वागत गर्ने भएको हो। बोआओ फोरममा अतिथिका रुपमा सहभागी हुन प्रधानमन्त्री दाहाललाई शनिबार औपचारिक निम्तो पठाउँदै चीनले भ्रमणको प्रकृति प्रस्ट्याएको हो।

नेपालका लागि चिनियाँ राजदूत यु होङले शनिबार बिहान परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतलाई भेटेर भ्रमणको औपचारिक निम्तो र कार्यतालिका हस्तान्तरण गरेका थिए। प्रधानमन्त्रीको भ्रमणलाई राजकीय रुपमा तयारी गर्न नेपालले ठूलो प्रयत्न गरे पनि चिनियाँ पक्षले उच्चस्तरीय भ्रमणको तयारी गर्न समय पर्याप्त नभएको जवाफ पठाएको परराष्ट्र मन्त्रालयको उच्चस्रोतले जनाएको छ।

काठमाडौंस्थित चिनियाँ दूतावासका अधिकारीहरुले गत साता प्रधानमन्त्री प्रचण्डलाई भेटेर चीन भ्रमणको अनौपचारिक निम्तो दिएलगत्तै सरकार प्रधानमन्त्रीको भ्रमणको तयारीमा जुटिरहेको छ। यही चैत १० देखि १३ गतेसम्म (मार्च २३ देखि २६ तारिखसम्म) चीनको हेनान प्रान्तमा आयोजना हुने बोआओ फोरममा अतिथिका रुपमा सहभागी हुन चीनले प्रधानमन्त्री प्रचण्डलाई निम्तो दिएको खबर नेपाल समाचार पत्रले छापेको छ।





Comments

comments

Leave a Reply

16850