Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

एसएसबीको गोली प्रहारबाट मृत्यु भएका गौतमको परिवारलाई जग्गा सहयोग

कञ्चनपुर, भारतीय सीम सुरक्षाबल एसएसबीको गोली प्रहारबाट मृत्यु भएका सहपद गोविन्द गौतमको परिवारलाई जग्गा सहयोग गरिएको खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

शुक्रबार बर्दिया निवासी दामोदरप्रसाद अधिकारीले मालपोत कार्यालय बलौरीमा रजिष्ट्रसन पास गरी १२ धुर जग्गा प्रदान गरेका हुन्।

काठमाडौं चन्द्रागिरि १४ घर भई हाल बर्दिया बढैयाताल ३ बस्ने अधिकारीले कञ्चनपुर बाइसेबिचुवा ९ मा आफ्नो नाममा रहेको १२ धुर जग्गा सहिद पत्नी लक्ष्मीलाई प्रदान गरे।





Comments

comments

Leave a Reply

16938