Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बानाको अध्यक्षमा अनसुया श्रेष्ठ बिजयी

विजय थापा –
वाशिंगटन डीसी, अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा स्थापना भएको बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना ) को अध्यक्षमा अनसुया श्रेष्ठ वन्त बिजयी भएकी छिन्।

उनले अध्यक्ष पदका आफ्ना दुई प्रतिद्वन्दी संचारकर्मी सतिस चापागाई तथा कलाकार/गायक श्रीजन ताम्राकारलाई हराएर बानाको इतिहासमा दोश्रो पटक महिला अध्यक्षमा उनको जित भएको छ। नया कार्यकारी समितिको कार्यकाल २०१७ -२०१९ सम्म रहने छ।

उनले ३१२ मत प्राप्त गरि अध्यक्ष पदमा जितेकी छिन् भने अध्यक्ष पदका प्रत्याशीहरु सतिस चापागाईले २३४ तथा श्रीजन ताम्राकारले ७९ मत प्राप्त गरेका थिए।

यसै गरि वरिष्ठ उपाध्यक्षमा सुबोध विलास पन्तले ४४८ मत प्राप्त गरि बिजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्दी इन्दु रेग्मीले १६६ मत प्राप्त गरे। १६ मत बदर भएको छ। यसै गरि अन्य पदमा निर्बिरोध रुपमा पहिला नै अन्य उम्मेद्वारहरु बिजयी भै सकेका छन्।

नव निर्वाचित अध्यक्ष अनसुया श्रेष्ठ वन्त कुशल गृहणी, ब्यवसायी तथा समाजसेवीको रुपमा बिगत २५ बर्षदेखि अमेरिकामा बसोबास गर्दै आएकी हुन्।

उनले २००९ देखि २०१७ सम्म कार्यसमितिको बिभिन्न भूमिकामा बिगत ३ कार्यकालसम्म काम गरेकी छिन् । उनले महिला तथा बिभिन्न बिधाका व्यक्तित्वहरुलाई बानाका परोपकारी कार्यक्रममा सहभागि गराउने ,आवश्यकता अनुसार भाषा कक्षालाई सन्चालन तथा निरन्तरता दिने ,बानाको कार्यक्रम र कार्य योजना क्यालेन्डर निर्माण गर्ने ,नेपाली पहिचान, कला संस्कृति र खेलकुदको प्रबर्धनका लागि थप कार्यक्रम ल्याउने ,लेखा पारदर्शिता र आकस्मिक कोषको सृजनाका लागि ठोस पहल गर्ने तथा नेपाली सूचना र सहयोग केन्द्र स्थापना गर्ने जस्ता मुद्धाहरु अगाडि सारेकी थिइन्।

उनले ब्यक्तिगत स्वार्थ भन्दा माथि उठी र कुनै राजनैतिक वा समूह बिशेष आस्था राख्ने प्रवृतिलाई निरुत्साहित गर्दै आफू समाजसेवा र बानाको संस्थागत बिकासका लागि आफ्नो सम्पूर्ण समय योगदान गर्ने संकल्प गर्दै अध्यक्ष पदमा बिजयी गराउन आग्रह गरेकी थिइन्।

५ सदस्यीय निर्वाचन समितिमा संयोजकमा धरम बिश्वकर्मा रहेका थिए भने सदस्यहरुमा पदम पुन,किरण पन्थ ,मंगल महर्जन तथा राम कृष्ण भट्टराई रहेका थिए।





Comments

comments

Leave a Reply

16958