Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बेलायतमा यसरी मनाइयो पारिजात जयन्ती

लण्डनस्थित चार्लटन एफसी हलमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायत च्याप्टरले मदर्स डेको अवसर पारेर आइतवार पारिजात जयन्ती मनाएको छ।

अनेसास बेलायत च्याप्टरका अध्यक्ष सुमलकुमार गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई संस्थाका महासचिव सन्तोष कार्की र सदस्य मन्जु भण्डारीले सन्चालन गरेका थिए।

कार्यक्रमको प्रमुख आतिथि नेपालबाट भ्रमणमा आएका साझा प्रकाशनका महाप्रबन्धक तथा अध्यक्ष डोलिन्द्र प्रसाद शर्मा थिए। विशेष अतिथि तथा अतिथिहरुमा क्रमशः अनेसास केन्द्रका उपाध्यक्ष डा. रुपक श्रेष्ठ र नेपालबाट भ्रमणका आएकी सुमित्र महर्जन शर्मा थिए। प्रमुख अतिथिलाई स्वागत गरे लगत्तै पारिजात जयन्ती पानसमा प्रमुख अतिथ द्वारा बत्ति प्रज्वलन तथा पारिजातको तस्वीरमा पुष्पा अर्पण गरी प्रारम्भ गरिएको थियो।

सहभागी सबैले पुष्पा अर्पण गरेर बिसौ शताब्दिका महान नेपाली वाङ्मयकी नारी हस्ताक्षर पारिजातलाई श्रद्धासुमन चढाएका थिए । कार्यक्रमको प्रारम्भमा पारिजात प्रतिष्ठान नेपालबाट कार्यक्रमका लागि पठाएको शुभकामना पत्र महासचिवले सहभागीहरूलाई पढेर सुनाएका थिए।

कार्यक्रमलाई मन्जु भण्डारीले छोटो मन्तव्य प्रकट गरेर सबैलाई रस्वागत गरेकी थिईन । पारिजातका कृति र जीवनी बारे डा रुपक श्रेष्ठले प्रकाश पारेका थिए । बोल्ने क्रममा उनले पारिजातका बहुआयमिक व्यक्तित्व र कृत्तित्वबारे प्रष्ट पारेका थिए । कार्यक्रमलाई युवा गजलकार तथा गीतकार नृपेश उप्रेतीले सामाजिक सञ्जाल मार्फत झण्डै २ घन्टा प्रत्यक्ष प्रसारण गरेका थिए । त्यस अवधिभरी यस कार्यक्रमका चौवीस हजार प्रत्यक्षदर्शी रहेका थिए । यस कार्यक्रममा जिगेसाका नवनिर्वाचित अध्यक्ष, समाजकी कार्यकारी सदस्य, लिला गुरुङलाई प्रमुख अतिथिको बाहुलीबाट खादा तथा पुष्प गुच्छ प्रदान गरी संस्थाले सम्मान गरेको थियो । नवनिर्वाचित जिगेसाकी अध्यक्ष लिला गुरुङबाट पनि प्रमुख अतिथिलाई पुष्पगुच्छ द्वारा सम्मान गरेकी थिईन।

कार्यक्रममा युवा गजलकार नृपेश उप्रेती र बिरु मुकारुङको रुबईले सबैलाई मन्त्रमुग्ध पारेका थिए । कविता, गजल, मुक्तक वाचन गर्ने सर्जकहरु क्रमशः बासु शर्मा, मोहन आचर्य जलद, फणिन्द्र भट्टराई, राज श्रेष्ठ, नृपेश उप्रेती, गोकुल भण्डारी, रेखा खरेल, मन्जु भण्डारी, सुमलकुमार गुरुङ, सन्तोष कार्की, लिला गुरुङ, माया गुरुङ, संजिता देउजा, डा। रुपक श्रेष्ठ तथा डा। सुदर्शन गुरुङ थिए । कार्यक्रमका लागि सारादेवी गुरुङ, सन्तोष कार्की, मन्जु भण्डारी तथा रेखा खरेलले जलपान र नाश्ता प्रायोजन गरेका थिए । अत्यन्त गरिमामय माहौलमा सम्पन्न कार्यक्रमको अन्ततिर प्रमुख अतिथिले आफ्नो सारगर्भित मन्तव्य राखेका थिए । उनले साझा प्रकाशनको वर्तमान अवस्था र यसको प्रबर्धनका लागि सबैको सहयोग अपरिहार्य रहेको कुरा व्यक्त गरेका थिए । अन्तमा अध्यक्ष सुमलकुमार गुरुङले सबैलाई धन्यवाद ज्ञापन गरी कार्यक्रम समापन गरेका थिए।





Comments

comments

Leave a Reply

16956