Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पूर्वराजाको नातिको व्रतबन्ध हुंदै, राष्ट्रपतिसहित ३ हजारलाई निम्तो

निर्मल निवासमा भ्याई नभ्याई छ। बिहिबार पूर्वराजा ज्ञानेन्द्रका नाति हृदयेन्द्रको व्रतबन्धका लागि स-परिवार व्यस्त छन्।

एक महिना अघिदेखि निर्मल निवासमा व्यापक तयारी भइरहेको समारोहमा पूर्वराजाले आफ्नो सम्बन्ध विस्तार गर्न राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वराष्ट्रपति रामवरण यादवदेखि संवैधानिक अंगका प्रमुख, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख, पूर्वउपराष्ट्रपति, उपप्रधानमन्त्री, विभिन्न दलका नेतालगायतलाई निम्तो दिएको खबर नेपाल समाचारपत्रले छापेको छ।

२४ गते होटल शोल्टीमा हुने विशिष्ट अतिथि, अतिथि र विदेशी प्रतिनिधिलाई दुई थरी कार्ड वितरण गरिएको छ। विदेशी नियोगका पाहुनाहरूलाई साँझ साढे ५ बजेदेखि साढे सात बजेसम्म समय तोकिएको छ। १५ वर्ष उमेर पुगेका हृदयेन्द्रको ब्रतबन्धको निम्तोमा पूर्वराजा ज्ञानेन्द्र, रानी कोमल, पूर्वयुवराज पारस र पूर्वयुवराज्ञी हिमानीले संयुक्त कार्ड वितरण गरेका हुन्।





Comments

comments

Leave a Reply

16977