फेसबुकले ३ महिलाको यसरी पार्यो बिचल्ली…

काठमाडौं, वैदेशिक रोजगरीको नाममा तीन जना महिला ठगिएका छन् । विदेशमा आकर्षक जागिर लगाईदिने भन्दै उनीहरुबाट ९ लाख रुपैयाँ ठगी गरिएको हो।

सामाजिक सञ्जाल फेसबुकमा भएको चिनजानलाई विश्वास गरेर उनीहरुले रकम दिएको खुलेको छ । थप जोखिमको सम्भावना रहेको भन्दै महिलाहरुलाई प्रहरीले सीमाक्षेत्रको सुनौलीबाट फर्काएर आफन्तको जिम्मा लगाएको छ।

सिन्धुपाल्चोकको बाँसबारी ४ की सरिता खड्का, काँकडभिट्टाकी शर्मिला अधिकारी र सिन्धुपाल्चोक भोटसिपाकी सरस्वती चौलागाइ ठगिएका हुन्।

फेसबुकमा प्रमोद दाहाल नामको आइडीमा अनलाइन सम्पर्क हुँदै गएपछि सरिता उनको विश्वासमा परिन् । सरितालाई रसियामा जागिर लगाइदिने र प्रतिमहिना डेढ लाख रुपैयाँ कमाइ हुने प्रलोभन देखाए । सरिताले यसबारे शर्मिला र सरस्वतीलाई पनि बताइन् । उनीहरु पनि रसिया जान तयार भए ।

फेसबुकमा कुराकानी भए अनुसार चाबहिल चोकमा पैसा लिन मोटरसाइकलमा आएका एक व्यक्तिलाई सबैले ३-३ लाख रुपैयाँ बुझाए।

अनलाइनमै कुरा भए अनुरुप उनीहरु दिल्लीको कजनुकोटिलामा भेट हुने र आफूले बिच बाटोमा मोबाइलबाटै सम्पर्क गर्ने भन्दै सबैको मोबाइल नम्बर राखेको थियो । सम्पर्क नगरेपछि उनीहरु ठगिएको खुलेको खबर कान्तिपुर दैनिकले छापेको छ।





Comments

comments

Leave a Reply

16984