Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

रिसाल र श्रेष्ठलाई जनही एक लाख रूपियाँ पुरस्कार

एचकेनेपाल डट कम संवाददाता –
काठमाडौं, १९ चैत। नइ प्रकाशनले सनातन हिन्दूधर्मसंस्कृतिको सम्बर्धन, संरक्षण र जागरणका लागि मन, वचन र कर्मबाट समर्पित प्राध्यापक शिवगोपाल रिसाललाई ‘नइ चन्द्रधन पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ।

पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्टको प्रबल इच्छा अनुसार बुबाआमा चन्द्रनिधि विष्ट तथा धनकुमारी विष्टका नाउँमा एक दशकअघि यो पुरस्कारको स्थापना भएको हो।

त्यसैगरी आधुनिक नेपालको एकीकरणबाट निर्मित राष्ट्रिय भौगोलिक सिमाना तथा अखण्डताको व्यवस्थापन र सुरक्षाबारे वैज्ञानिक अनुसन्धानद्वारा जनचेतनाको अभिवृद्धि गराई मातृभूमिप्रति अर्पेको विशिष्ट योगदानका निम्ति बुद्धिनारायण श्रेष्ठलाई ‘नइ कीर्तिनिधि पुरस्कार’ समर्पण गर्ने निर्णय भएको नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जनाएका छन्।

यी दुबै पुरस्कारको राशि जनही एक लाख रूपियाँ रहेका छन्। नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको विशेष बैठकले सो निर्णय गरेको प्रसाईद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ।





Comments

comments

Leave a Reply

17035