Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बेलायतको नेपाली साहित्यमा योगदान दिनेहरुलाई पुरस्कृत गरिने

कोमल श्रेष्ठ मल्ल

लन्डन, बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूकेले परिषदमा सन् १९९५ देखि नै स्थापना भएका सिर्जना र साहित्य सेवा तर्फका पुरस्कारहरूको घोषणा गरेको छ।

परिषद्को स्थापनाकाल सन् १९९५ देखि नै परिषदमा आवद्ध रही बेलायतमा नेपाली भाषा साहित्यको विकासमा उल्यखनीय योगदान पुराए बाफत साहित्य सेवामा समर्पित सर्जकहरूद्वय कवि हरिविभोर कार्की,अल्डरसर्ट र कवि ध्रुब केसी,वएम्ली दुबै जनालाई २०१६ को एन एल डि सि गोल्ड मेडल दोस्रो पुरस्कार प्रदान गरिएकोछ।

सम्मानपत्रसहित यो पुरस्कार पदक आधा तोला २४ क्यारेट सुन र पाँच तोला प्योर चाँदीमा बनेको छ । नगद लिन चाहेमा ५०/५० हजार रूपैया धन रासी रहेको छ । यस अघि २००९ मा समाजसेवी साहित्यकार कवि घन बहादुर थापा मगर ले यो पुरस्कार पाउनु भएको थियो।

यसैगरी सन् २०११ देखि परिषदमा कवि कोमलप्रसाद श्रेष्ठ मल्ल र श्रीमति कोहिनूर श्रेष्ठ मल्लद्वारा आ-आफ्ना बुबामुमाका नाममा स्थापना गरेको नेपाली साहित्य पुरस्कार २०१६ यस वर्ष मुल्याङ्कन समितिमा प्राप्त कृतिहरू मध्य उत्कृष्ठ ठहर भएका कृतिहरू कविता विधा तर्फ कवि तथा गितकार घनबहादुर थापा मगरको ‘मेरो देश मेरो चिनो’ कविता संग्रहलाई प्रदान गरिएको छ भने कथा विधा तर्फ कवि तथा कथाकार हरिसिँह थापाको ‘नम्रताको कार्डिगन’ कथा संग्रहलाई प्रदान गरिएको छ । यो पुरस्कार पाँच तोला प्योर चाँदी र स्वर्ण अक्षरमा पदक बनेको छ र नगद लिन चाहेमा २१/२१हजार रूपैया धन रासी रहेको छ।

परिषदले तीन महिना अघिदेखि कविता र कथा विधा तर्फका २०१६ भरि प्रकाशित कृतिहरू पुरस्कार मुल्याङ्कनका लागि मागेको थियो र परिषदका उपाध्यक्ष पत्रकार बाचस्पति रेग्मीको संयोजकत्वमा रहेको कृति मुल्याङ्कन समितिले संकलित कविता र कथा विधाका कृतिहरूको अलग अलग मुल्याङ्कन गरी नेपाली साहित्य पुरस्कारका लागि उत्कृष्ठ छनौट गरेको थियो । यो पुरस्कारबाट यस अघि २०१३ मा सुमलकुमार गुरूङ्ग, २०१४ मा अभिमन्यू बैराग र २०१५ मा पत्रकार नवीन पोखरेल पुरस्कृत हुनु भएको थियो।

परिषदमा पुरस्कार सम्मान मुल्याङ्कन समिति र कृति मुल्याङ्कन पुरस्कार समिति गरी दुई उप समितिहरू हरेक कार्यकारिणी समिति अन्तर्गत स्थायीरूपले रहने गरेका छन् ।





Comments

comments

Leave a Reply

17049