Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कतारमा सीएनजी एग्रिकल्चर कम्पनीको प्रथम वार्षिकोत्सव सम्पन्न

वाई वी तमू

राजधानी दोहाको शान्य सहरमा कभर न्यु जेनेरेशन एग्रिकल्चर प्राइभेट लिमिटेडको पहिलो वार्षिकोत्सव एक भब्य सास्कृतिक कार्यक्रमसहित सम्पन्न भएको छ।

कम्पनीका अध्यक्ष तारा घिमिरेको सभापतित्व तथा गैर आवासीय नेपाली संघ,कतारका अध्यक्ष विनेश तामाङको प्रमुख आतिथ्यमा सम्पन उक्त कार्यक्रममा कम्पनीका सदस्य हर्क बहादुर खड्काले उपस्थित महानुभावहरुलाई स्वागत मन्तब्यद्वारा स्वागत गरेका थिए भने कार्यक्रम कम्पनीका सदस्य राम घिसिङ्गले संचालन गरेका थिए।

सीएनजी,एग्रिकल्चर प्रालीका प्रबन्ध निर्देशक पदम गुरुङद्वारा कम्पनीको वार्षिक प्रगति प्रतिबेदन,कम्पनीको आगामी कार्य योजना तथा कम्पनीको बारेमा चर्चा गर्नु भएको थियो भने कम्पनीका कोषाध्यक्ष मिन तामाङ्ग द्वारा कम्पनीको बारेमा बिस्तृत परिचय र उद्देश्यका बारेमा बोलेका थिए।
कतारमा कार्यरत करीव ३५ भन्दा बढी संघ सस्थाका प्रतिनिधि,पत्रकार,समाजसेवी,महिला,युवा युवती तथा कलाकारहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा पहिलो सत्रको औपचारिक कार्यक्रम पश्चात दोस्रो चरणमा बिभिन्न सांगीतिक धमाका प्रस्तुत गरिएको कम्पनीका निर्देशक पदम गुरुङले जानकारी दिए।

एनआरएनए,कतारका अध्यक्ष विनेश तामाङ्ग लगायत बिभिन्न संघ सस्थाका प्रतिनिधिहरुले कम्पनिएल लिएको उद्देश्य निक्कै राम्रो रहेको र देस बिकासका लागि युवाहरु नेपाल फर्किनु पर्ने र शिपमुलक तथा रोजगारमूलक कम्पनि खोलि देस र जनताकालागि केहि गर्ने भनेको युवा शक्ति नै भएकोले सीएनजी,एग्रिकल्चर प्रालीले लिएको उद्देश्यमा हातेमालो गर्न तर्फ सबैलाई अनुरोध गरेका थिए।

कतारमा रहेका बिभिन्न कलाकारहरुको बेजोड प्रस्तुतिले कार्यक्रम झन् रोचक बनाएको कुरा कम्पनीका सदस्य मिन तामांगले जानकरी दिएका छन् ।
मायाको चिनो स्वरुप कम्पनीका तर्फाबाट उक्त कार्यक्रममा उपस्थित कलाकारहरुलाई प्रमाण पत्र तथा खदा प्रदान गरिएको थियो ।

केहो सीएनजी,एग्रिकल्चर कंम्पनी ?
आज भन्दा करिव एक वर्ष पहिले अप्रिल १ २०१६मा कतारमा कार्यरत नेपाली युवाहरुद्वारा आफूले सिकेको शिप,कला र पुजीलाई प्रयोग गरि आफ्नै देश नेपालमा रोजगारी सिर्जना गरि नेपाली युवाहरुलाई अब बिदेश होइन आफ्नै देशमा शिपसहित रोजगार दिनु पर्दछ भन्ने उद्देश्य लिएर स्थापित भएको कम्पनी हो।

१० जना युवाहरु मिलेर स्थापित सो कम्पनीले शिक्षा,स्वास्थ्य र कृषिमा लगानी गर्ने उद्देश्य स्वरुप हाल कृषिमा लगानी गरेको छ भने आगामी दिनहरुमा शिक्षा र स्वास्थ्यमा काम गर्ने कार्ययोजना रहेको कम्पनीका प्रबन्ध निर्देशक पदम गुरुङले जानकारी दिए।

हाल सम्म ३३ जना युवाहरुले कम्पनीमा प्रत्यक्ष लगानी गरेका छन् भने कम्पनीले अन्य युवा लगानीकर्ताहरुलाई लगानीका लागि आब्हान गरेको छ।
हाल कम्पनीले चितवनमा आफ्नो कार्य क्षेत्र बनाएको छ । काठमाण्डौमा केन्द्रिय कार्यालय रहेको छ भने शाखा कार्यालय चितवनमा रहेको छ।





Comments

comments

Leave a Reply

17107