प्रहरीले घुसवापत यौन सम्बन्धको प्रस्ताव राखेपछि…

काठमाडौं, वैदेशिक रोजगारीका लागि विदेश जान लागेकी एक युवतीसँग घुसवापत शारीरिक सम्बन्धको प्रस्ताव राख्ने प्रहरी हवल्दार पक्राउ परेका छन्।

महानगरीय प्रहरी विमानस्थल सुरक्षागार्डमा कार्यरत प्रहरी हवल्दार महिन बस्याल पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसार काठमाडौले उनलाई सोमबार पक्राउ गरेको हो।

कतार जान लगेकी एक युवतीलाई उनले आफूसँग शारीरिक सम्बन्ध राखे एयरपोर्टबाट पास गराइदिने आश्वासन दिएका थिए । अवैध रुपमा विदेश जान खोज्ने क्रममा ती युवती करीब दुई महिनाअघि एयरपोर्ट फर्काइएकी थिइन् । उनले ‘आफूसँग एक रात सुते’ एयरपोर्टमा सेटिङ मिलाइदिने प्रस्ताव राखेका थिए । पीडित युवतीले त्यस्तो प्रस्तावको प्रमाणसहित उजुरी दिएपछि उनी पक्राउ परेका हुन । हवल्दार बस्याल एक महिनादेखि फरार थिए।

परिसरले उनलाई पक्राउ गरी थप अनुसन्धान र कारवाहीका लागि विमानस्थल प्रहरीलाई जिम्मा लागएको छ । विमानस्थलका प्रहरी प्रमुख डीआईजी पंकज श्रेष्ठले घटनाबारे आफू जानकार रहेको बताए। ‘काठमाडौ परिसरले पक्राउ गरेको छ भन्ने सुनेको छु,’ उनले भने, ‘छानविन गरेपछि मात्र वास्ताविकता भन्न सक्छौ ।’ भिजिट भिसामा कतार जान लागेकी युवतीलाई अध्यागमन कार्यालय एयरर्पोटले रोकिदिएको थियो। त्यसपछि उनी हवल्दार बस्यालको सम्पर्कमा पुगेकी थिइन् । त्यसक्रममा उनले पैसा माग्दै एकरात आफूसँग बस्नुपर्ने प्रस्ताव राखेको पीडितले दिएको उजुरीमा उल्लेख रहेको नयाँ पत्रिकामा खबर छ।





Comments

comments

Leave a Reply

17119