Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सहारा एकेडेमीलाई सहयोग प्रदान

सहारा क्लब पोखराद्धारा संञ्चालित कठिन परिस्थिति र विपन्न बर्गका बालकहरुको एकेडेमी सहारा एकेडेमीका बालकहरुलाई कास्की घान्द्रुक घर भई हाल बेलायत, ट्रर्नब्रिच यु.के.निवासी सिता गुरुङ्लगायत उहाँको छोरा विवेक गुरुङ्गबाट सहयोग हस्तान्तरण भएको छ।

एकेडेमीका बालकहरुलाई ज्याकेट ३३ थान, माथि लगाउने टप ७ थान,टि सर्ट २६ थान र खाजा खाने खर्च नगद १० हजार रुपैयाँ बुधवार एकेडेमी परिसरमा गई हस्तान्तरण गरिएको हो । सो अवसरमा उहाँहरुले एकेडेमी परिसरको अवलोकन गर्दै आश्रित एकेडेमीका बालकहरुसँग परिचय गर्दै भविष्यमा राम्रो काम गर्न प्रोत्साहन गर्नु भएको थियो।

क्लबका वरिष्ठ उपाध्यक्ष केशब बहादुर थापा,कोषाध्यक्ष विश्वराज बराल,कार्य समिति सदस्य विनु राना,देवी रिमाल र महासचिब केशब राज बराल समेतले उहाँहरुलाई स्वागत गर्नुभएको थियो ।





Comments

comments

Leave a Reply

17128